images
images

आइतवार, जेठ ६ गते २०८१

माओवादी केन्द्र वडाअध्यक्षका उम्मेदवार राप्रपामा प्रवेश

माओवादी केन्द्र वडाअध्यक्षका उम्मेदवार राप्रपामा प्रवेश

images
images
images
शनिवार, श्रावण ९ २०७८
शनिवार, श्रावण ९ २०७८
  • माओवादी केन्द्र वडाअध्यक्षका उम्मेदवार राप्रपामा प्रवेश

    भैरहवा, ९ साउन ।
    स्थानीय तह निर्वाचनमा रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ मा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार रण प्रसाद न्यौपाने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । राप्रपा क्षेत्र स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा न्यौपानेसहित नेकपा एमाले परित्याग नागेन्द्र चौधरी, विशाल थारु, केशव मोहन चौहन लगायत युवाहरु राप्रपामा प्रवेश गरेका हुन् ।

    images
    images
    images

    राप्रपा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार सियारी गाउँपालिका–७ मा आयोजाना गरेको कार्यक्रममा उनीहरुलाई पार्टीका रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, निवर्तमान जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता लगायतले पार्टीमा प्रवेश गराए ।  

    पार्टीका क्षेत्रीय अध्यक्ष प्रेम नारायण चौधरीको अध्यक्षता, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला एवं क्षेत्रका विभिन्न नेताहरुको उपस्थिति रहेको थियो ।

    216631913_4243817239038383_1938937398316710636_n.jpg

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij