
सोमवार , श्रावण ११, २०७८
झापा, ११ साउन ।
पूर्वी नाका काँकडभिट्टाहुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७÷७८ मा शून्य छ । कोभिड– १९ का कारण नेपाल सरकारले विदेशी पर्यटकलाई हवाई मार्गबाट मात्र प्रवेश खुला गरेको तर सीमा नाकाबाट अझै प्रवेशमा रोक लगाइरहेकले विसं २०७६ चैत ११देखि हालसम्म एउटै पर्यटक पनि नेपाल प्रवेश नगरेको अध्यागमन कार्यालयका प्रमुख जनक कोइरालाले बताए ।
उनका अनुसार यो नाका भएर विदेश जाने पर्यटकका लागि १५ महिनाको अवधिमा एउटै पनि प्रवेशाज्ञा जारी नभए पनि भारतीय नाकासम्म आएका पर्यटकले भने नेपाल घुम्नका लागि पहल गरिरहेका छन् ।
प्रवेशाज्ञा नवीकरण जारी
उक्त कार्यालयले प्रवेशाज्ञा नवीकरणबाट मात्र आर्थिक वर्ष २०७७÷८७ मा रु ५० लाख ६४ हजार ४२१ राजस्व सङ्कलन गरेको छ । यो गत आवको तुलनामा आधा कम हो । अघिल्लो आवमा कार्यालयले पर्यटक प्रवेशाज्ञा नविकरणबाट रु एक करोड एक लाख २३ हजार ७४० राजस्व सङ्कलन गरेको थियो । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij