२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

एमाले सियारी गाउँ कमिटीको भेला

सोमवार , श्रावण ११, २०७८

भैरहवा ११ साउन ।

नेकपा एमाले सियारी गाउँ कमिटीको भेला सम्पन्न भएको छ । भेलाले संगठित सदस्यता नवीकरणको काम यही साउन १५ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।  त्यसै गरी भेलाले शाखा कमिटीको अधिवेशनको तयारी पनि अघि बढाउने निर्णय गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपा एमाले रुपन्देहीका संयोजक शिवराज सुवेदीले जिल्लाभर सदस्यता नवीकरण अभियान उत्साहजनक ढंगले अघि बढिरहेको भन्दै सबै संगठित सदस्यहरुले जनताका समस्यामा हतेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए । केन्द्रमा पार्टीभित्र विवाद देखिए पनि कार्यकर्ता पंक्ति र जनस्तरमा एमाले एकढिक्का रहेको र विकासको अगुवाई एमालेबाहेक अरु कसैले गर्न नसक्ने उनले बताए ।

भेलालाई पार्टीका रुपन्देही जिल्ला सह–संयोजक तेजेन्द्र केसी, सचिव विश्वराज बराल (अनुप), क्षेत्रीय संयोजक हितराज पन्थी, गाउँपालिकाका अध्यक्ष अयोध्या थारु, पार्टी जिल्ला सल्लाहकारद्वय कृष्ण भुसाल र झपेन्द्र अर्याल, गाउँ कमिटी अध्यक्ष खेम गुरुङ, कमला भण्डारी कृष्ण नेपाल लगायतले पनि सम्बोधन गरेका थिए । 

एमालेले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा अहिले संगठित सदस्यता नवीकरणको अभियान चलाइरहेको छ । बदलिंदो अवस्थामा एमाले तत्कालीन नेकपाको नयाँ स्वरुपमा पुनर्गठित भएको र यसैलाई आत्मसाथ गर्दै सदस्यता नवीकरणमा केन्द्रित हुन पनि एमाले रुपन्देहीले सम्बद्ध सबैलाई आह्वान गरेको छ ।