२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

रुपन्देहीमा कोरोना संक्रमण दर बढ्दो, एकै दिन थपिए ४६ संक्रमित 

सोमवार , श्रावण ११, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, ११ साउन । 

    रुपन्देहमिा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार चार सय ५६ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

    हालसम्म रुपन्देहीमा २९ हजार ४५  जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने  २८ हजार एक सय ६९  जना  संक्रमण मुक्त भएका छन्  ।
    पछिल्लो २४ घण्टामा रुपन्देहीमा २ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय १३ जनाको मृत्यु भएको छ  ।

    कुन पालिकामा कति संक्रमित  थपिए ?

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २४ जना, तिलोत्तमा नगरपालिकामा १४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै देवदह नगरपालिकामा ४ ,सिद्धार्थनगर नगरपालिकामा २, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।