२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

रुपन्देहीमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

मंगलवार , श्रावण १२, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, १२ साउन । 

    रुपन्देहमिा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार तिन सय ३४ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

    हालसम्म रुपन्देहीमा २९ हजार ८१  जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने  २८ हजार दुई सय ५  जना  संक्रमण मुक्त भएका छन्  ।
     हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय १३ जनाको मृत्यु भएको छ  ।

    कुन पालिकामा कति संक्रमित  थपिए ?

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा १५ जना, तिलोत्तमा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै देवदह नगरपालिकामा ३, सैनामैना नगरपालिका,ओमसतिया गाउँपालिकामा र कञ्चन गाउँपालिकामा २/२ र शुद्धोधन गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।