२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

गुट परिवर्तन गरी मन्त्री बनेका जसपाका ३ सांसद निस्कासित

मंगलवार , श्रावण १२, २०७८

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • बुटवल। गुट परिवर्तन गरेर मन्त्री बनेका तीन जना सांसदलाई जनता समाजवादी पार्टीले निस्कासित गरेको छ। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी तीन सांसदलाई उपेन्द्र यादव समुहबाट गुट परिवर्तन गरेका दुई जना र महन्थ ठाकुर समुहका एक जना गरी तीन जनालाई निष्कासित गरिएको हो। 

    आज मंगलबार बालकुमारीमा बसेको केन्द्रीय समिति बैठकले पोखरेल नेतृत्वको सरकारमा सहभागी तीनजना सांसदलाई निष्कासित गर्ने निर्णय लिएको हो। जसपाले निष्कासनको निर्णय गरेका सांसदहरुमा यादव समुहबाट गुट परिवर्तन गरी ठाकुर समुहमा गई मन्त्री बनेका सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव र ठाकुर समुहकी कल्पना पाण्डे लम्साल रहेका छन्। 
    उनीहरुलाई निस्कासित गरेसँगै प्रदेश सांसद पद रिक्त राखिदिनका लागि जसपाले लुम्बिनी प्रदेश सभामुखलाई पत्र लेख्ने निर्णय पनि लिएको छ। 

    जसपाको निर्णयानुसार उनीहरुको सांसद पद रिक्त भएमा अबको ६ महिना मात्रै मन्त्रीका रुपमा रहन सक्नेछन्। जसपाको यो निर्णयले लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई भने समस्या देखिएको छ।