२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

स्वर्गद्वारीघाट निर्माण उपभोक्ता समिति विघटन हुँदै 

बुधवार , श्रावण १३, २०७८

भैरहवा, १३ साउन ।
सिद्धार्थनगरमा रहेको स्वर्गद्वारीघाट निर्माण उपभोक्ता समितिको बैठकले समिति विघटनका लागि बुधबार सम्बन्धित निकायमा सिफारिस गरेको छ । तत्कालिन सिद्धार्थनगर नगरपालिकाका प्रमुख सागर प्रताप राणाको अध्यक्षतामा २०५५ सालमा गठन भएको समिति विघटनका लागि सिफारिस गरिएको हो । समितिका अध्यक्ष राणाको अध्यक्षतामा बुधबार बसेको बैठकले समिति विघटन गर्न नगरपालिकामा सिफारिस गरेको छ । समिति विघटन हुने भएपछि समितिमा रहेका जिन्सी तथा नगद चलअचल सम्पत्ति समेत नगरपालिकामा हस्तान्तरण गरिने बैठकले निर्णय गरेको समितिका सदस्य सचिव प्रा.डा.कपिलदेव लामिछानेले बताए ।

भैरहवामा घाट व्यवस्थापनका लागि सुरुवातका समयमा समितिले काम गरेर अघि बढाएको लामिछानेले बताए । अबका बाँकी कामहरु नगरपालिकाको मातहतमा थप कामहरु हुने उनले बताए ।
समितिमा हरिप्रसाद अधिकारी, दिपक क्षेत्री न्यौपाने, तिल कुमारी गुरुङ, सदस्य सचिव प्रा.डा.कपिलदेव लामिछाने, नारायण सापकोटा, रुपमा हिराचन, पुनम गुरुङ, लगायत रहेका थिए । समितिमा रहेको बैक मौज्दात तथा नगद गरी करिब ४ लाख तथा जिन्सी सामग्री पनि सम्बन्धित निकायमा हस्तारन्तरण गर्ने बैठकले निर्णय गरेको समन्वयकर्ता गणेश बहादुर क्षेत्रीले बताए । समितिको बैठक ५ वर्ष पछि मंगलबार बसेको हो ।