२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

वाइसीयल सैनामैनाद्वारा टिसर्ट सार्वजनिक

बुधवार , श्रावण १३, २०७८

सैनामैना, १३ साउन ।
नेकपा (माओवादी केन्द्र) ले अन्तरकृया  गर्दै युवा संगठनलाई थप सक्रिय बनाउँदै अघि बढेको छ । पार्टीलाई थप बलियो र चलायमान गराउन माओवादी केन्द्रले युवा संगठन योंग कम्युनिष्ट लिग (वाइसीयल) लाई प्रशिक्षण जस्ता कार्यक्रमलाई समेत तीव्रता दिएको छ । यसै क्रममा आज वाइसीयल सैनामैनाको आयोजनामा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वाइसीयल सैनामैनाका अध्यक्ष गोविन्द खरेलको अध्यक्षता, माओवादी केन्द्र रुपन्देही सचिवालय सदस्य भोला बस्यालको प्रमुख आतिथ्यता, पार्टीका सैनामैना नगर संयोजक मान बहादुर महत (नारायण)को विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेता मंगल बहादुर रावत (महान), माओवादी केन्द्र रुपन्देही जिल्ला कमिटी सदस्यहरु दिपिका शर्मा, दिपक भण्डारी, अखिल नेपाल मजदुर संघ लुम्बिनी प्रदेश सदस्य कुम बहादुर सार्की, युवा नेता रोमनाथ न्यौपाने, दिपक अधिकारी, माधव वस्नेत, केशव कुंवर, दिलिप प्रजापति, शान्ति बराल, सुरज भट्टराई, दिपक सुनार लगायतको आतिथ्यता रहेको थियो ।

सोही अवसरमा वाइसीयल सैनामैनाका लागि टिसर्ट सार्वजनिक गरिएको छ । हसिया हथौडा र वाइसीयल अंकित लोगो भएको टिसर्ट सार्वजनिक गरिएको हो । वाइसीएल सैनामैना वडा नम्बर १ देखि ११ वडासम्मका युवाहरुले सो टिसर्ट लगाउनेछन् ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्र रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य भोला बस्यालले मुलक माओवादीकै एजेण्डामा चलिरहेको दावी गरे । उनले परिवर्तन रक्षाका निम्ति प्रतिगमनविरुद्ध वाइसीयल नेपाललाई सशक्त रुपमा प्रतिरोधका लागि तयार हुन् निर्देशन दिए । यस्तै माओवादी केन्द्र सैनामैना नगर संयोजक मान बहादुर महतले स्थानीय तहमा जनताको सेवक बन्न वाइसीयललाई आग्रह गरे । पार्टीलाई सशक्त बनाउदै गलत प्रवृत्तिलाई प्रतिवाद गर्नतर्फ केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए ।

वाइसीयल रुपन्देही इञ्चार्ज माधव बस्नेतले स्यालहरु ब्वासो बन्न खोजे वाइसीयल बाघ बन्ने बताए । उनले प्रतिगमन पक्षधरलाई परास्त गर्न सधै तल्लिन रहने चेतावनी दिए । वाइसीयल सैनामैनाका अध्यक्ष गोविन्द खरेलले संगठनलाई मजबुत बनाउदै विकृति विसंगतिको प्रतिवाद गर्ने बताए । जनता र देशका लागि काम गर्ने पार्टी नै माओवादी केन्द्र भएको दावी गर्दै युवाहरुलाई संगठित गरी भ्रष्टाचार नियन्त्रण गर्न पैरवी गर्ने समेत बताए ।

सैनामैना नगरपालिका वडा नम्बर २ स्थित ग्लोवल पार्टी प्यालेसमा भएको कार्यक्रममा सैनामैना नगरभित्रका ११ वडाका अगुवा कार्यकर्ताबीच वर्तमान राजनैतिक परिवेश तथा युवाको सामाजिक उत्तरदायित्वबारे अन्तरकृया कार्यक्रम भएको थियो ।  वाइसीयल नेपाल सैनामैना नगर इञ्चार्ज मंगल बहादुर रावतको स्वागत तथा सचिव केशव विश्वकर्मा (राज)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।