२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

नेपाल रक्तदाता संघ सैनामैनाको पदस्थापना

बुधवार , श्रावण १३, २०७८

सैनामैना, १३ साउन ।
महामारीको बेला रगतको अभाव हुन नदिन नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले रगत संकलनलाई तीव्रता दिएसंगै संगठन विस्तारलाई पनि तीव्रता दिएको छ । सोही क्रममा गत असार ४ गते नेपाल रक्तदाता संघ रुपन्देहीले सैनामैनामा पनि शाखा विस्तार गरेको थियो । नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले आज एक कार्यक्रमको आयोजना गर्दै सैनामैनामा शाखामा निर्वाचित नवसमितिलाई पदस्थापना गराएको छ । शंकर ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय सैनामैना नगर कार्यसमिति विस्तार गरिएको थियो ।

नवगठित नगरसमितिको उपाध्यक्षमा दामोदर खत्री, सचिबमा पवन पोख्रेल, कोषाध्यक्षमा दिपक गैरे, सह–सचिबमा जितु बोहोरा, सह–कोषाध्यक्षमा राजन भट्टराई र सदस्यहरुमा कृष्ण गौतम, केशवराज कंडेल, भोजराज भण्डारी, सुमित सापकोटा र मिलन पौडेल रहेका छन् । त्यस्तै सदस्यमा शारदा भण्डारी र जमुना खनाललाई मनोयन गरिएको समितिका सह–कोषाध्यक्ष राजन भट्टराईले जानकारी दिए ।

सैनामैना ४, मुर्गियास्थित बाबरी पार्टी प्यालेसमा भएको कार्यक्रम नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका उपाध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षता, नेपाल नियमित रक्तदाता संघका प्रमुख सल्लाहकार बिमल बहादुर शाक्यको प्रमुख आतिथ्यता तथा रक्तदाता संघ रुपन्देहीका सल्लाहकार राजकुमार श्रेष्ठको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । महेश खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।