२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

माइती नेपालले मनायो मानव बेचविखनविरुद्धको दिवस 

शनिवार , श्रावण १६, २०७८

भैरहवा, १६ साउन ।
अन्तराष्ट्रिय मानव बेचविखनविरुद्धको दिवसको अवसरमा माइती नेपाल भैरहवा आवधिक गृहले अन्तक्रिया कार्यक्रम गरेको छ । माइती नेपालकी भैरहवा संयोजक माया क्षेत्रीले १ वर्षसम्म परियोजनाले गरेका कामको बारेमा प्रस्तुतीकरण गरेकी थिइन् ।  कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले मानव बेचविखनको अवस्था निकै संवेदनशिल भएकाले सबैको सहयोगले न्यूनीकरण गर्न सकिने बताए ।

कार्यक्रममा जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख न्यायधिवक्ता डम्बर प्रसाद काफ्लेले मानव बेचविखनविरुद्धमा कानूनी व्यवस्थाका बारेमा व्याख्या गरेका थिए । सो अवसरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका भिमार्जुन अधिकारी, अधिवक्ता सुनिल त्रिपाठी, महिला तथा बाल अधिकार जिल्ला सञ्जालका संयोजक समिता मल्ल, थ्री एन्जल्सका विपिन गौतम, सशस्त्र प्रहरी सिमा सुरक्षा बलका केशव बहादुर विष्ट लगायतले बोल्दै विश्वास र प्रलोभनमा पारेर मानव बेचविखन भएको बताए । माइती नेपालका फिल्ड संयोजक सनोज चौधरीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
यसैबीच दिवसकै अवसरमा माइती नेपाल भैरहवाले बेलहियामा ४ सय थान चेतनामूलक सामाग्री वितरण गरेको छ । 

218359598_162051762582418_4630840400107786886_n.jpg