२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

व्यवसायीसंग माइती नेपालको छलफल 

आइतवार , श्रावण १७, २०७८

भैरहवा, १७ साउन ।
माइती नेपाल आवधिक गृह भैरहवाले यातायात व्यवसायी, होटल व्यवसायी र अटो रिक्सा व्यवसायीसंग छलफल तथा अन्तरक्रिया गरेको छ । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि सरोकारवालासंग छलफल गरिएको हो ।  मानव बेचविखन तथा ओसारपसारमा विभिन्न यातायातका साधनहरु प्रयोग हुने हुँदा सजक रहेर सबैले समयमै खबर र सूचना दिएमा बेचविखन नियन्त्रणमा आउन सक्नेमा सहभागिको जोड थियो । 

कार्यक्रममा माइती नेपाल भैरहवा आवधिक गृहका कार्यक्रम संयोजक माया क्षेत्रीले मानव बेचविखनको अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा मानव बेचविखनमा कानूनी अवस्था र हुन सक्ने सजाय लगायतका बारेमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले स्पष्ट पारेका थिए ।

कार्यक्रममा यातायात व्यवसायी बाबुराम घिमिरे, होटल व्यवसायी लक्ष्मण न्यौपाने, अटो रिक्सा व्यवसायी कृष्ण ढकाल, सञ्चारकर्मी शंकर पाण्डे लगायतले बोल्दै मानव बेचविखन तथा ओसारपसारविरुद्धमा लाग्न सबैले जोड दिएका थिए । माइती नेपाल भैरहवाका फिल्ड संयोजक सनोज कुमार चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।