२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

नेपाल–भारत अन्तर सिमाना अन्तरक्रिया तथा छलफल 

बुधवार , श्रावण २०, २०७८

भैरहवा, २० साउन ।
मानव बेचविखन तथा ओसारपसार रोक्न सबै क्षेत्रको उत्तिकै भुमिका रहने एक कार्यक्रमका सहभागिले बताएका छन् । कसैको एकल प्रयासले मात्र हुन नसक्ने कुरामा उनीहरुले जोड दिएका हुन् ।  माइती नेपाल आवधिक गृह भैरहवाको आयोजनामा बुधबार भैरहवामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्तारुले नयाँ ढंगले अगाडी बढेमा बेचविखन रोक्न सकिने बताएका छन् । 

मानव बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि नेपाल–भारत अन्तर सिमाना अन्तरक्रिया तथा छलफल कार्यक्रममा भारत र नेपालका सुरक्षाकर्मी, गैरसरकारी संस्था, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले माइती नेपालले गरेका पहलका बारेमा प्रस्तुतीकरण गरेकी थिइन् ।

सो अवसरमा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले अभियानलाई स्थानीय तहबाट आफुले पूर्ण रुपमा लागेर सहयोग गर्ने बताए । कार्यक्रममा जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायधिवक्ता डम्बर प्रसाद काफ्लेले धर्मपुत्रका नाममा पनि मानव बेचविखन हुने गरेको बताए । उनले बेचविखनमा कानूनी अवस्थाका बारेमा स्पष्ट पारेका थिए । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत विष्णु ज्ञवालीले पूर्वीय दर्शन, र आर्थिक हिसाबले पनि बेचविखनमा सघाउ पु¥याएको बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका गोविन्द प्रसाद रेग्मी, महिला बालबालिका जिल्ला सञ्जाल संयोजक समिता मल्ल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसी, भिमार्जुन अधिकारी, इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख नविन पौडेल, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रमेश मल्ल, भारत उत्तरप्रदेश प्रहरी श्रवण कुमार, अभय कुमार, स्वतन्त्र कुमार सिंह लगायतले बोलेका थिए । 
कार्यक्रममा माइती नेपालका फिल्ड कोओर्डिनेटर सनोज कुमार चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।