२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

स्वास्थ्यका लागि सक्षम प्रणाली कार्यक्रम भैरहवामा

शुक्रवार , श्रावण २२, २०७८

भैरहवा, २२ साउन ।
स्वास्थ्यका लागि सक्षम प्रणाली कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । महामारी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंको आयोजनामा सीमा नाका लक्षित दुईदिने  कार्यक्रम भएको हो । सीमा नाकामा रहेर हेल्थडेस्कमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, भन्सारका कर्मचारी लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागिलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिले सहजीकरण गरेका थिए । 

महामारी व्यवस्थापन शाखाका शाखा प्रमुख डा.अमृत पोखरेल, भोला अधिकारी, स्वास्थ्यका लागि सक्षम प्रणालीका डा.इला सिंह, दिपक तिमिल्सिना, आइओएमका सुवन थापा, ओम प्रकाश पौडेल लगायतले सहजीकरण गरेका थिए । पहिलो दिन बिहीबारको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा.विनोद कुमार गिरी, स्वास्थ्य तालिम केन्द्रका प्रमुख महेश्वर श्रेष्ठ, जनस्वास्थय प्रयोगशाला लुम्बिनी प्रदेशका निर्देशक रोशनलाल चौधरी, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा.राजेन्द्र गिरी, सिद्धार्थनगर वडा नम्बर १ का वडाअध्यक्ष रमेश मल्ल लगायतले बोलेका थिए ।

सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत पिताम्बर पाठकको स्वागतमा भएको कार्यक्रमको सञ्चालन भोला अधिकारीले गरेका थिए । त्यसै गरी शुक्रबार सम्पन्न कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख उमा काफ्लेले गरेकी थिइन् । अभिमुखीकरण कार्यक्रममा कोभिड–१९ का बारेमा जानकारी, कोभिडका प्रकार, आइसोलेशन र क्वारेन्टिनमा भिन्नता, कोराना भाइरसविरुद्धको खोपका बारेमा सामान्य जानकारी गराइएको थियो ।