
सोमवार , भाद्र २२, २०७७
अर्घाखाँची, २२ भदौ ।
अर्घाखाँची कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला कारागारमा रहेको रूपन्देही तिलोत्तमा नगरपालिका ५ का ४६ वर्षीय कैदी विजय पाण्डे भन्ने रामप्रसाद पाण्डेको मृत्यु भएको हो ।
उनको शरीर एक्कासी सुन्निएर उपचारको लागि अर्घाखाँची अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पु¥याउनेबित्तिकै आइतबार मृत्यु भएको कारागारका निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij