२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

भौतिक पुर्वाधार विकास र भन्सार कोड तथा प्लान्ट क्वारेन्टाईन नहुँदा महेसपुर भन्सार ओझेलमा 

सोमवार , श्रावण २५, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • परासी, २५ साउन ।  

    महेसपुर भन्सार मुल भन्सार भएको ३ बर्ष वितिसक्दा पनि गति लिन सकेको छैन । भन्सारको भौतिक पुर्वाधार विकास र प्लान्ट क्वारेन्टाईनको व्यवस्थापन नहुँदा भन्सारमा व्यपारीहरुको चाप बढन सकेन् । व्यपारीहरु मालसमानको ठुलामात्रामा निकासी पैठारी गर्न खोज्दा बाटोघाटो विस्तार र पार्किङ्ग जस्तो पुर्वाधारको अभावमा उक्त नाकाबाट कारोबार गर्न सकेका छैन । त्यस्तै भन्सारमा प्लान्ट क्वारेन्टाईको व्यवस्थापन पनि नहुँदा फलफुल र तरकारी जस्ता स–साना कारोबारहरु पनि यसनाकाबाट गर्न निकै झन्झट भैरहेको व्यवसायीहरु गुनासो गर्दछन् ।  

    महेसपुर भन्सार छोटीबाट स्तरउन्नती भई मुल भन्सारमा परिणत भएको ३ बर्ष वितिसक्यो तरपनि अझै भन्सारलाई आवश्यक जग्गा अधिग्रहण, बाटोघाटाको विस्तार, गोदाम, मालबाहक गाडी पार्किङ्ग, भवन, प्लान्ट क्वारेन्टाईन चेकपोष्ट जस्ता मुख्य कार्यहरुमा सरकारले ध्यान नदिँदा भन्सारमा व्यपारीहरुको चाप र कारोबार नबढेको भन्सार कार्यालय प्रमुख रामप्रसाद अर्यालले जानकारी दिए ।  

    वि.स. २०७५ साले श्रावण १ गते नेपाल सरकारले उक्त छोटी भन्सारलाई मुल भन्सारको रुपमा घोष्णा ग¥यो तर भन्सारलाई आवश्यक भौतिक पुर्वाधार र जनशक्तिको व्यवस्था नमिलाएपछि भन्सारले गति लिन सकेन । त्यसैमा भन्सारमा व्यपारीहरुको चाप पनि बढन सकेन जस कारण लक्ष्य अनुसारको राजस्व उठन भन्सारलाई मुस्किल भैरहेको छ ।  

    महेसपुर भन्सारलाई मुल भन्सारको रुपमा कार्यान्वयनमा ल्याउन कर्मचारी दरबन्दि, आवश्यक जग्गा अधिग्रहण, भौतिक संरचनाहरुको निर्माण, गोदामको निर्माण, पशु तथा प्लान्ट क्वारेन्टाईन चेकपोष्ठको निर्माण र बाटो घाटोको उचित व्यवस्था जस्ता मुख्य कार्यहरु गर्नु पर्ने देखिन्छ तर यता तर्फ अर्थ मन्त्रालयले ध्यान नदिँदा व्यपारीहरु सुविधा खोज्दै जिल्लाकै मुल नाका छोडी भैरहवाँ भन्सार धाउने कार्यले महेसपुर भन्सार सुक्न थालेको  उद्योग बाणिज्य संघका उपाध्यक्ष एवं व्यवसायी राजेश कुमार गुप्तले बताए ।  
      
    यता महेशपुर नाका मुल नाका भएपनि सिमा पारीको नाका ठुठीबारी कस्टम सानो नाका रहेको र ठुठीबारी बजारको बाटो पनि साँगुरो भएकाले मालसमानको निकासी÷पैठारी ढिलो हुने, भन्सारमा एक्जिम कोर्डको नहुने र आवश्यक पुर्वाधारको विकास नभएका कारणले पनि व्यवपारीहरु यस भन्सारमा आउन झन्झट मान्ने गरेको उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एवं उद्योगी ओम प्रकाश अग्रहरीले जानकारी दिए । 

    एक त कारोबार गर्नको लागि भन्सारले एक्जिम कोर्डको व्यवस्था नमिलाउने अर्को तर्फ मालसमानको क्वारेन्टाइन, विषादी परिक्षण, गुणस्तर परिक्षण जस्ता कार्यका भैरहवाँ नै दौडधुप गर्नुपर्ने कार्यले व्यपारीहरु यो नाका छोडने गरेको पाईन्छ । केहि व्यपारीहरुले कारोबार गरेपनि महेसपुर भन्सारको न्युनतम सुविधा र भारतीय बाटो र कस्टमको समस्याले मालसमान झिकाउन २ देखि ३ दिनसम्म लाग्ने गर्दा मालसमानको भाडा पनि बढने र स्थानियहरुको अनावश्यक तनाव पनि बोक्नु पर्ने समस्या उद्योगी अग्रहरीले  गुनासो गरे । 

    यता तर्फ नत्र जिल्लाका नेताहरुको ध्यान पुगेको छ नत्र उद्योग बाणिज्य संघ जस्ता व्यपारी संस्थाहरुकै ध्यान पुगेको छ । भन्सारमा यतिबेला खाद्यान्न, भुष, चिनी र केहि कास्मेटिक आईटमहरुको फाटफुट भन्सार हुदै आएको छ । कुनैदिन भन्सारमा मालैसमान नभएर यतिकै बसेर दिन बिताउनु पर्ने बाध्यता रहेको भन्सारका कर्मचारी बताउँछन् । भन्सारको अण्डरमा ३ वटा छोटी भन्सार पनि रहेको छ तर ति छोटी भन्सारहरु बन्द अवस्थामा छन । 

    जिल्ला खुल्ला सिमाना भएका कारण तस्करी पनि व्यापक हुदै आएको छ । तस्करी नियन्त्रणमा नत्र भन्सारले नै चाँसो देखाएको छ नत्र प्रहरीनै चाँसो देखाएको छ । तस्करहरु दिनदहाडै तस्करी गर्न पाएपछि किन भन्सारमा राजस्व तिर्न आउलान र ? । व्यापक तस्करीले पनि राजस्वमा गिरावट आएको पाईन्छ । भन्सारले गत आर्थिक बर्षमा २७ करोड ३० लाख रुपैया राजस्व उठाएको छ । यो एक बर्षमा उठेको राजस्व मुल भन्सारले २र३ दिनमा उठाउने राजस्व हो । 

    करिब २ कठामा रहेको उक्त भन्सारलाई ठुलो एरिया अधिग्रहण गर्न गोदाम निर्माण, कर्मचारी भवन, भन्सार जाँचकी कक्ष, काउटर, क्वारेन्टाईनहरु जस्ता महत्वपुर्ण कार्य जरुरी रहेको भन्सारले जनाएको छ । राज्यले भन्सारको आवश्यक भौतिक पुर्वाधार र आवश्यक व्यवस्थापन नगर्दा भन्सार ओझेलमा परेको हो । भन्सारको आवश्यक भौतिक पुर्वाधारको लागि राज्यले कुनै प्रकृया अगाडी बढाएको पाईदैन । रासस