नेपालको अति शुन्दर र बिकशोंमुख सहरको रुपमा चर्चित छ रुपन्देहीको भैरहवा। जिल्लाको प्रशाशनिक केन्द्र तथा बुद्ध जन्मस्थल लुम्बिनीको प्रबेशद्वारको रुपमा रहेको सिदार्थनगर जति नारामा सुन्दर छ त्यति नै कुरुप पनि बनिरहेको छ। नगरपालिकामा पशुहरुको व्यवस्थापनमा नगरपालिकाको पुर्ण रुपमा चासो नपुग्दा नगर कुरुप बन्दै गएको छ। सिद्धार्थनगरमा पशुहरुले सडकमै आमसभा गर्ने छाट देखिएको छ।
अहिले सिदार्थनगर नगरपालिकाको मुख्य मुख्य सडक तथा गल्लीहरुमा पशु चौपयाहरुको भिड लागिरहेको छ । नगरका मुख्य चोकहरु मिलन चोक, बैंक रोड, बर्मेलीटोल, आवारोड, गलामण्डी मात्र नभएर नेपालकै अति ब्यस्त सडक देवकोटा चोक, वुद्ध चोक हुदै लुम्बिनी जाने सडकसम्म अहिले पशुहरुले आफ्नो बास्थान बनाएका छन्। यहाँ सम्मकी सिदार्थनगर नगरपालिकाको ढोकैमा पशुचौपयाहरुको भिड देख्दा पनि सिद्धार्थनगर नगरपालिका मौन छ।
सिदार्थनगर नगरपालिकामा पशु चौपयाहरुको यति बिगबिगी छ कि साईकल, मोटरसाइकल देखि ठुला ठुला सवारी साधनहरु चलाउने चालकहरुलाई पनि अति कठिन भईरहेको छ।
पशुचौपयाको कारण नगरभित्रै वेला वेलामा दुर्घटना हुने गरेको छ। पशुचौपयाका कारण नगरमा थपै्र पटक दुर्घटना हुदा समेत सिद्धार्थनगर नगरपालिकाले त्यसको व्यवस्थापनमा कुनै चासो नदेखाएको स्थानिय वयवसायि गौरब श्रेष्ठ बताउछन्।
पशुचौपाएका कारण व्यपार व्यवसायमा समेत कठिनाई आएको श्रेष्ठको भनाई छ। श्रेष्ठका अनुसार पशुचौपया वयवस्थापन नहुदा हरेक दिन जसो बैंकरोड, आवारोड, नारायणस्थानमा ठुलै दुर्घटना हुन्छ कि भन्ने डर लागिरहने गर्छ। पशुचौपयाका कारण ठुला मात्र नभई ठेलामा फलफुल लगाएतका व्यापार गर्ने व्यवसायिपनि समस्यमा परेका छन्। नगरका हरेक सडक र गल्लीहरुमा पशुचौपयाहरुको बिगबिगी रहेको कारण व्यापार व्यवसाय गर्न अप्ठ्यारो परेको ठेला व्यवसायिले गुनासो गरे। उनि भन्छन, ठेलामा राखिएका फलफुलहरु आँखा झिमिकै गर्ने हुदैन पशुचौपयाहरुले खाइदिने गर्छ।
सडकमा हिड्ने साना बालबालिका देखि बृद्ध महिला, पुरुषहरु तथा अपांगता भएका व्यक्तिहरु देखि सवारीसाधन चलाउने चालकहरुको दैनिक जसो हुनसक्ने दुर्घटना तर्फ जनताको सुरक्षाको ग्यारेन्टी लिएर बसेका सुरक्षाकर्मिको पनि ध्यान नजानु आश्चर्यजनक छ ।
कुनैदिन लाखौ रुपैया खर्चेर खुल्ला दिशा मुक्त छेत्र घोषणा गरेर खादा र सम्मान लिएका र दिएका हाम्रा भद्र भलादमीहरुलाई पशुचौपयाहरुले सडक सडकमा गरेको सौचले मानिसको स्वास्थ्यमा कुनै असर गर्दैन भन्ने लागेको हो र? होइन भने यसतर्फ सबैको ध्यान जानु पर्ने होइन?
सिदार्थनगर नगरपालिकामा पशुचौपयाहरुको कारण दुर्घटनाको उच्च जोखिम मात्र होइन सहरको बाताबरणलाई पनि दुर्गन्धित बनाइरहेको छ। यसतर्फ, सबैको ध्यान जानु अति आबश्यक छ। जनताको सुरक्षा सरकारको पहिलो दायित्व हो। अहिले राज्य संघ, प्रदेश र स्थानीय संरचनामा छ। स्थानीय सरकारलाई अधिकारहरु दिइएको छ। जनताको सुरक्षाको ग्यारेन्टीको बचन दिएर जनताको मत प्राप्त जनप्रतिनिधिहरुको पहिलो ध्यान जनताको सुरक्षा तर्फ जानु पर्छ।
यसतर्फ स्थानीय सरकारको पहिलो प्राथमिकता हुनुपर्छ भने जनताको सुरक्षा पहिलो धर्म हो भनेर सडक सडकमा तैनाथ सुरक्षाकर्मीहरु आफ्नै आँखा अगाडी पशुचौपयाहरुको झुण्ड र यसबाट हुनसक्ने दुर्घटना तर्फ ध्यान नजानु अचम्म लाग्दो छ। जनताको सुरक्षातर्फ सबैको चासो बन्नु पर्छ र यसका लागि सबै सरोकारवालाहरुको हातेमालो हुनुपर्छ। होइन भने सिद्धार्थनगर नगरपालिकामा पशुचौपयाहरुको आमसभा हुने निश्चित छ। हेर्न जाने होइन त सिद्धार्थनगर नगरपालिकामा पशुचौपयाहरुको आमसभा!