२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

अर्घाखाँचीका ४२ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

मंगलवार , भाद्र २३, २०७७

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • अर्घाखाँची, २३ भदौ ।
    अर्घाखाँचीका एक कोरोना संक्रमित पुरुषको नेपालगञ्जमा मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १२ का कोरोना संक्रमित ४२ वर्षिय पुरुषको मृत्यु भएको शिक्षण अस्पताल कोहलपुरले जानकारी दिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले बताए ।

    गत साउन २७ सन्धिखर्क नगरपालिकामा ट्रिपर दुर्घटनामा परि घाइते भएका ट्रिपर चालकलाई उपचारको लागि युनिभर्सल मेडिकल भैरहवामा भर्ना गरिएको थियो । थप स्वास्थ्यमा समस्या आएपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएपछि उनलाई उपचारको लागि केही दिन भीम अस्पतालमा लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि भदौ ११ नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएकोमा आज उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

    मृतकमा सिभियर निमोनिया समेत देखापरेको थियो ।