
बुधवार , श्रावण २७, २०७८
भैरहवा, २७ साउन ।
लायन्स कलब अफ सिद्धार्थनगर टुलिपको स्थायीत्वका लागि भैरहवा निवासी बलराम जिसी ‘सरस्वती’ ले १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेका छन् ।
उनले अक्षयकोष स्थापना गरी बैंकबाट आउने ब्याजबाट कार्यक्रम सञ्चालनमा सहयोग हुने बताए । बलराम जिसीको धर्मपत्नी स्व. शान्ता जिसीको अध्यक्षतामा गठन तथा स्थापना भएको क्लबको प्रथम पदस्थापना समारोहमा जिसीले अक्षयकोष स्थापनाको घोषणा गरेका हुन् ।
लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपका अध्यक्ष मायादेवी सुर्यवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस गभर्नर आमाको भूमिका र महत्व निकै ठुलो भएको बताए । कार्यक्रममा लायन्स चिफ डिष्ट्रिक एडभाइजर उमंग देवकोटाले बलराम जिसीद्वारा स्थापना गरिएको अक्षयकोषमा ११ हजार १ सय ११ रुपैयाँ थप गर्ने घोषणा गरे ।
सो अवसरमा डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द्र थापा, धर्मराज श्रेष्ठ, रिजन चेयरपर्सन अनिता थापा, लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, निवर्तमान अध्यक्ष नेत्र प्रसाद आचार्य, लायन्स सिद्धार्थनगर टुलिपका सल्लाहकार रुपमा हिराचन, लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका अध्यक्ष मन्जु खरेल लगायतले बोलेका थिए ।
कार्यक्रम संयोजक पवित्रा पछाईको स्वागत तथा क्लबका सचिव मिनिता थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रुपमा हिराचन, बलराम जिसी लगायतलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij