images

बिहिवार, बैशाख १३ गते २०८१

एक सातामा श्रीनिवासका दुई वटा थारु गीत सार्वजनिक

एक सातामा श्रीनिवासका दुई वटा थारु गीत सार्वजनिक

images
images
images
शुक्रवार, श्रावण २९ २०७८
शुक्रवार, श्रावण २९ २०७८
  • एक सातामा श्रीनिवासका दुई वटा थारु गीत सार्वजनिक

    बुटवल, २९ साउन ।
    पत्रकारिता र सांगितिक क्षेत्रमा काम गर्दै आएका गायक श्रीनिवास थारुले एक पछि अर्को धमाकेदार गीत ल्याएका छन् ।  चोरी चोरी से बोलको गित एक हप्ताअघि भिडियो सार्वजनिक गरेका उनी नाग पन्चमीको दिन पारेर अर्को लेहङावाली के चक्करमे गीत सावर्जनिक गरेका छन् । 

    images

    उनको पहिलो गीतमा थारु सुपर स्टार नरेश चौधरी र छोटो समयमै निकै नै चर्चा बटुल्न सफल मोडल मधु चौधरीको युगल जोडीले नृत्य गरेका छन् । स्वरमा भने श्री निवासलाई चर्चित गायिका अन्नु चौधरीले साथ दिएकी थिइन् । सेबिल ईन्टरटेन्मेन्ट च्यानलले निर्माण गरेको सो गीत रिलिज भएको एक सातामा २ लाख बढी पटक हेरिएको छ । गितका निर्माता अमेरिका निवासी कलाकार तथा समाजसेवी लोकेन्द्रराज चौधरी रहेका छन् । 
    नाग पञ्चमीसंगै थारु समुदायको गुरही पर्वको अवसर पारेर लेहङावाली के चक्करमे बोल को गीत सार्वजनिक गरेको चौधरीले बताए । यो गीतमा पनि चर्चित गायिका अन्नु चौधरीले साथ दिएकी छिन् ।

    एक वर्ष अघि लेहङ्गा वाली ओए छैली गीत को भाग २ को रुपमा यो गीतलाई प्रस्तुत गरिएको उनले बताए । उमेश मुस्कानको शब्द संगित, केशव बडुको संगित संयोजन रहेको गीतलाई विक्रम चौहानले निर्देशन गरेका छन् । कपिलवस्तुका विष्णु चौधरी र दाङ्ग देउखुरीकी सिरु चौधरीले यो गीतमा डेब्यु गरेका छन् । टिकटकमा निकै भाईरल भइरहेको यो गीत पनि सेबिल ईन्टरटेन्मेन्ट च्यानलमार्फत युट्युबमा रिलिज गरिएको छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij