२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

तीन महिना पछि खुल्यो लुम्बिनीको मायादेवि मन्दिर, लुम्बिनीमा घुम्न जान सकिने 

शुक्रवार , श्रावण २९, २०७८

  • 6.6K
    Shares
  • 6.6K
    Shares
  • लुम्बिनी। साढे तीन महिना पछि बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर खुला गरिएको छ।

    दोश्रो चरणको कोरोना महामारीका कारण बन्द गरिएको मायादेखि मन्दिर बुधबारबाट खुलेको लुम्बिनी बिकास कोषले जनाएको छ।

    मन्दिर खुलेसँगै अब स्वदेशी तथा विदेशी पर्यटक, तीर्थयात्री र श्रद्धालुहरू स्वास्थ्य मापदण्ड अपनाएर मन्दिर अवलोकन गर्न सक्नेछन।

    सरकारले औपचारिक रुपमा मठ मन्दिरहरु नखोलेपनि लुम्बिनी बिकास कोषले पर्यटकहरुको मागलाई ध्यानमा राखेर रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको उपस्थितिमा लुम्बिनीको मायादेवि मन्दीर खुला गरिएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए।

    उनका अनुसार पुर्णरुपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकलाई मन्दिर प्रवेश खुला गरिएको छ। उनले लुम्बिनी विकास कोष सचिवालयको बैठक बसेर मन्दिर खुला गरिएको जानकारी दिए। उनले सुरक्षा सतर्कताका साथ एक पटकमा सिमित व्यक्तिलाई मात्र मन्दिरभित्र प्रवेश दिएको बताए।

    मायादेवि मन्दिर खुलेसंगै लुम्बिनीमा चहल पहल बढ्न थालेको छ। लुम्बिनीका होटलहरुमा पनि बिस्तारै चहलपहल बढ्न थालेको होटल व्यवसायि खिम श्रेष्ठले जानकारी दिए।

    बिहिबारदेखि लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। बिहीबार मात्रै ६ सय जनाभन्दा बढी आन्तरिक पर्यटकले मायादेखि मन्दिर प्रवेश गरेर अवलोकन गरेको कोषले जनाएको छ।