images

शनिवार, बैशाख १५ गते २०८१

मौरी ब्याबसायबाट मनग्य आम्दानी गर्दै गुल्मी नयाँगाउँका खत्री

मौरी ब्याबसायबाट मनग्य आम्दानी गर्दै गुल्मी नयाँगाउँका खत्री

images
images
images
सोमवार, श्रावण ३२ २०७८
सोमवार, श्रावण ३२ २०७८
  • मौरी ब्याबसायबाट मनग्य आम्दानी गर्दै गुल्मी नयाँगाउँका खत्री

    साउन ३२ गुल्मी । गाउँमा एउटा सानो घर । घर वरिपरी सुन्तलाको बगैँचा । बगैँचाका बिच बिचमा मौरीका घार । मौरीघार तथा घर र बगैँचावरिपरी मौरीको गुञ्यामान आवाज । त्यसै माथि सुन्दर अनि रमाईलो गाउँ । एउटै घरमा मौरीका ५२ वटा घार । उमेरले ६८ बर्ष पुगेका गुल्मी धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउँका जनक बहादुर खत्री । नामले जनक भएपनि परिश्रम र मेहेनतले उस्तै रनक । उमेरले ६८ बर्ष पुगेका जनको काम र मेहेनत भने भर्खरैका युवा भन्दा कम छैन् । खत्री बिहानी मिरमिरे संगै साँझ झिसमिसे सम्म सुन्तला बगैँचा सफा र मौरी घार हेरचारमा ब्यस्त हुन्छन् ।

    जनकलाई मौरीको स्याहार सुरार गर्न भ्याइ नभ्याई छ । उनले गरेको कर्मको गाउँदेखी जिल्लातह सम्म नै चर्चा छ । उनले आफ्नो घरवरिपरी सुन्तला खेती गरि बगैँचा निर्माण गरेका छन् । उनले सुन्तलाको सिजनमा सुन्तला बेचेरै मनग्य आम्दानी गर्छन् । उनको सुन्तला बगैँचा मौैरीको लागी बासस्थान र फ्ुल चुस्ने ठाउँ बनेको छ । उनले  आफ्नो बारीमा सिजनमा तोरी सम्म लगाउँछन् । तोरी बारीमा फुलेको बेलामा मौरीले रस  चुसेर मह उत्पादन गर्छ । मौरीले जम्मा गरेको मह बर्षको २ पटक बिक्रि गर्दै आएका छन् । मह प्रतिकेजी १ हजार २ सयमा बिक्रिबितरण हुन्छ।   घरमा ४ जनाको सानो परिवार छ । महबाट आम्दानी भएको रकमले घर र छोराछोरीको पढाई खर्चमा सहज भएको कृषक जनक बहादुर खत्री बताउँछन् । 

    खत्रीले गाउँमै केही  गर्ने अठोटका साथ २०६९ सालबाट ब्याबसायिक मौरी पालन ब्याबसाय सुरु गरेका हुन् ।उनको मौरी ब्याबसाय आम्दानीको मुख्य स्रोत हो । उनलाई मह बजारीकरणमा कुनै समस्या छैन् । उनको घरमा उत्पादन भएको मह खरिद गर्न गुल्मी जिल्लासंगै छिमेकी जिल्ला अर्घाखाँची,बागलुङ,प्युठान,पर्वत लगायतका क्षेत्रवाट ग्राहक आउने गर्दछन् । १ लाख लगानीमा सुरु गरीएको मौरी ब्याबसायले लाखौँको आम्दानी गरिसकेको छ । 
    उनको मौरी ब्याबसायलाई धुर्कोट गाउँपालिकाले सहयोग गरेको छ । मौरी पालक खत्री भन्छन् “मलाई प्रदेश र स्थानिय तहले गरेको सहयोगले मौरी पालनमा सहजता संगै थप ब्याबस्थित बनाउने उर्जा जागेको छ ।” उनले गाउँमै मेहेनत र परिश्रम गर्न सके कम लगानीमा धेरै प्रतिफल हाल पार्न सकिन्छ भन्ने उदाहरण समाजमा प्रस्तुत गरेका छन् । उनेले  गरेको मौरी ब्याबसाय देखेर छिमेकी समेत उत्तिकै ब्याबसायमा चासो देखाउन थालेका छन् । 
    फलफुलको रसबाट मौरीले मह उत्पादन गर्ने हुदाँ त्यति धैरै खर्चिलो र लगानी नलाग्ने हुदाँ मौरी बयाबसाय गर्न सजिलो रहेको कृषक खत्री बताउँछन् ।प्रदेश र स्थानिय सरकारको सहयोग खत्रीले तालिम लिएका छन् । तालिम पश्चात ब्याबसाय अगाडि बढाउन र स्याहार सुसारमा थप टेवा पुगोको खत्री बताउँछन् । उनले अहिले घरबाट मह मात्र नभई मौरीको घार र गोला समेत बिक्रि गर्छन् । उनका घारमा सेरेना जातको मौरी छ । यो भीर मौरी जस्तै गुणस्तरीय हुने भएकाले यसको प्रयोग र खानामा ध्यान दिन सकेमा यसको महत्व र फाइदा हुने  धुर्कोट गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष कमल थापाले बताए । गाउँमै स्वरोजगार भन्ने हतुका साथ मौरी ब्याबसाय गर्ने कृषकलाई वडा र गाउँपालिले आबश्यक सहयोग र सामाग्री उपलब्ध गराउने वडा अध्यक्ष थापा बताउँछन् । 
    मौरी पालनको क्षेत्रमा राम्रो सम्भावना भएपनि आवश्यक ज्ञानको कमीले कृषकले परम्परागत ढंगमै गाउँमा कृषकले मौरी पालन गर्दै आएका छन् । पछिल्लो समय कृषि तथा पशुपालनमा युवाहरुको समेत आकर्षण देखिन थालेको छ । कृषिमा सम्भाबना देखेका कृषकलाई सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।  मौरीले परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने हुदाँ मह उत्पादन गर्न सकिन्छ । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता तत्व पाइन्छन् जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन्।

    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij