images

शुक्रवार, बैशाख २१ गते २०८१

विचरा ब्राह्मणहरु

विचरा ब्राह्मणहरु

images
images
images
शुक्रवार, भाद्र २६ २०७७
शुक्रवार, भाद्र २६ २०७७
  • विचरा ब्राह्मणहरु

    सनातन संस्कृतिका अनुयायी हामी हिन्दू समाज, जुन समाज हरेक दिन प्रकृतिदेखि लिएर पितृ सम्मलाई सम्झना गर्दै पुज्दै र उहाँहरुले देखाएको मार्गलाई अनुसरण गरिरहेका हुन्छौं । वेद शास्त्रलाई धर्मको मुल आधार वनाएर बनेका विभिन्न उपनिषद, शास्त्र, स्मृतीहरु, पुराणहरु आदिआदिका आधार र नियम भित्र रहि दैनिकपूजा पाठदेखि लिएर आफ्ना क्रियाकलापहरु सम्पन्न गर्ने गरेका छौ । यो सर्ब कर्म गर्नका लागि हामी सबै शास्त्रहरुको अध्ययन गर्ने सम्भावना छैन या फुर्रसद छैन या जाँगर छैन भन्नु पर्दछ । त्यसैले सायद वेदमा चार जातको व्याख्या गरिएको हो । ब्राह्मण जाति जसले शास्त्रको अध्ययन गर्ने र सबैलाई सोही अनुरुप कार्य गर्ने सिकाउने, सभ्य बन्न प्रेरणा दिने काम हो भने क्षेत्रीयले राज्य सञ्चालन गर्ने, देश र जनाताको रक्षा गर्ने, वैष्यले जनतालाई आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराउने र जनतालाई कुनै पनि कुराको अपुग हुन नदिने त्यसै गरी शुद्रले खेती किसानी तथा सो कार्यका लागि आवश्यक हातहतियारहरु निर्माण गर्ने र मिहिनेतका साथ देश र जनताको सेवा गर्ने । सायद यस्तै यस्तै होला हाम्रो वेदले भनेको चार जात र उनीहरुको जिम्मेवारी ।

    images
    images
    images

    जात कर्मको आधारमा हुन्छ जन्मको आधारमा होइन, जात व्यक्तिको व्यक्तिगत स्वाभावको रुपमा हुन्छ न कि थरको आधारमा । त्यसैले जातीय विभेदका कुरा गर्नेहरुले यो कुरा पक्कै बुझेका होलान् । अब ब्राह्मण जाति जसले बेदको अध्ययन गर्ने, विभिन्न धर्म शास्त्रको अध्ययन गर्ने र समाजमा त्यसै अनुरुप रुपान्तरण गर्ने कार्य तोकिएको छ, उनीहरुले अन्य कार्य गर्नु नपर्ने मात्र अध्ययन गर्ने र त्यसलाई समाजका अन्य समुदायमा जानकारी गराउने, धर्म शास्त्रले दिएका निर्देशन अनुसार आफुले पालन गर्ने नियम, त्यसलाई कार्यान्वयन गराउन गर्नुपर्ने कार्यहरु, मानिस जन्मदेखि मृत्यु र सो प्रयन्त हुने विभिन्न कर्महरु शुद्धसंग सम्पन्न गर्ने र शास्त्रको निर्देशन बमोजिम कार्य गर्ने उच्चकोटीको समुदाय नै ब्राह्मण समुदाय हो ।

    अहिले विश्व विभिन्न सीमामा कैद भएको छ, कही देशको नाममा कहीं जातको नाममा, कहीं पार्टीको नाममा, कहीं रंग र कही लि¨को आधारमा विभेद गरिएको छ । जब सनातन् संस्कृतिले प्रष्टसंग भनेको छ किबसुदैवः कुटुम्वकं भनेर जसको मतलब हामी सबै एकै परिवार हौै भनेको अवस्थामा पनि विभेदको राजनीति कहिलेसम्म चल्छ, त्यसमा पनि जात र लिंगको विभेद त्यति उच्चस्तरमा रहेको छ कियसलाई समाप्त पार्न ठूलो संघर्ष गर्नुपर्ने देखिएको छ । अब उच्चकोटीको भनिएको जात ब्राह्मणको कुरा गरौ त्यो पनि कर्मकाण्डी ब्राह्मणहरु जो जातकै आधारमा ब्राह्मण कहलाएका छन् । शास्त्र अध्ययन उनीहरुको मुख्य कर्म पनि रहेको छ । विभिन्न स्मृतिहरु, उपनिषदहरु, पुराणहरुको अध्ययन गरी आफ्ना यजमानको घरमा गएर पुजा, श्राद्ध तथा विभिन्न देव तथा पितृकार्यहरु गराउने नै उनीहरुको मुख्य पेशा हो । उनीहरुलाइ अन्य कर्म नगर्न भनिएको छ किनकी उनीहरु आफ्ना यजमानले दिएको दानले आफ्नो घरवार चलाउने गर्दछन् ।

    आजकल केही धर्मलाई अफिमको दर्जा दिने पश्चिमा सभ्यतालाई मुल सभ्यताको रुपमा व्याख्या गर्ने र जातिय नाममा राजनीति गरेर आफुलाई सबैभन्दा विद्वान ठान्ने महासयहरुले ब्राह्मणको त्यो कर्मलाई लक्षित गरी विभिन्न खालका अनावश्यक प्रचारप्रसार गर्ने गरेका छन् । ती व्यक्तिहरुले ब्राह्मणलाई पटरे भनेर यतिसम्म निस्कृष्ट शब्दले सम्बोधन गर्ने गरेका पाइन्छ त्यो अत्यन्त दुःखद् हो । जसले हाम्रो समाजको धर्मको रक्षा गर्नलाई कहिल्यै आफ्नो राम्रो व्यवस्था गर्न सकेन, न परिवारलाई खुशी दिन सक्यो न राम्रो लगाउनदिन सक्यो । विचरा सधै अरुले दान दिएको धान, चामल, दालबाट गुजारा चलाउँदै आएका छन् । दानमा कसैले कपडा देला र लगाउँला भनेको छ तैपनि सबै दुःख र पिडालाई एकापटी राखेर उसले सधै हाम्रो पितृ उद्धारका लागि देवताहरु आह्वान गर्ने कर्म गरिरहेको छ । हामीले बोलाएको दिन तिथि मिलाएर आउने गर्दछन् र सबै कुरालाई राम्रोसंग कर्म गर्दिन्छन् । त्यस्ता पण्डितहरुलाई हामीले टपरेको संज्ञा दिनु उचित होला र ? धर्म मास्नेहरु यिनै हुन् रे, छुवाछुत गर्ने यिनै हुन् रे ? आफुले गरेको कार्यको पारिश्रमिक तोक्ने रे ? पाखण्डी रे ? यस्ता यस्ता कुराले अहिले ब्राह्मण समुदाय आक्रान्त भएका छन् । के साच्चै ब्राह्मण समुदाय खराबै हुन् त ? के उनीहरु नै हो त धर्म मास्ने ? या छुवाछुत गर्ने ? नारी माथि अत्याचार गर्ने ? होला कहीकतै एक दुई जना ब्राह्मण समुदायमा त्यस्ता खालका क्रियाकलाप गर्ने तर सबै त्यस्तै होलान् र ? नेपालमा शास्त्र अध्ययन गर्ने ब्राह्मणहरुले प्रयोग गर्ने मन्त्रहरु ःअहिंसा परमो धर्मः, वसुधैव कुटुम्वकम्, सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय । सर्वे भद्राणि पश्यन्तु माकश्चिद् दुःखभाग्भवेत् ।।, यत्रनार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताःयत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्रफलाःक्रिया ।।, आत्मनःप्रतिकूलानि परेषं न समाचरेत ।। संगच्छध्वं संवदध्वं सं वो मनासि जानताम् । देवाभागं पूर्वे संजानानाउपासते ।।

    यस्ता मन्त्रोत्चारण गर्ने पंडितलाई कसरी हामी नराम्रो व्यवहार गर्न सक्दछौ । बिहान सवेरै उठ्ने, नित्यकर्म शारीरिक सरसफाई गरी शुद्ध ठाउमा आशन राखी दैनिक वेद, भागवत, पुराणहरुको अध्ययन गरिरहेको समयमा मैले उसलाई छुन पाईन, वा मैले दिएको पानी खाएनन्, मैले पकाएको खाना खाएनन् भनेर भन्नु मुर्खता नै होला जस्तो लाग्छ । सनातन संस्कृतिको जर्गेना गर्नको निम्ति दिनरात खट्ने पंडितहरुले परापुर्व कालदेखि गरिआएको कर्महरु अहिले सत्य सावित भएको छ । कसैसंग नछोइने, लुगा फेरेर मात्र खाना खाने, बाहिर कहीकतै खानै परेमा गाईको दुधबाट निर्मित भोजन मात्र ग्रहण गर्ने सो नभएको अवस्थामा भोजन पश्चात गौमुत्र (गहुँत) खाने, बिहान ध्यान गर्ने, योग गर्ने, भान्सामा गाईको गोवरले लिपपोत गर्ने यस्ता कुरा त अहिले सत्य भएन र ?छुवाछुतको नाममा शुद्ध आचरण पालन गरेका व्यक्तिलाई भन्दा तामसिक भोजन ग्रहण गरी आफ्नो सरसफाईमा पनि ध्यान नदिने, अनावश्यक शब्दहरुको प्रयोग गर्ने र जे मन लाग्यो त्यो गर्न पाउन पर्छ भन्ने, भ्रष्टाचारी, व्याभिचारी, अच्याचारी, बलात्कारी वा समाजलाई दुषित गराउन खोज्ने त्यस्तालाई त साँच्चै छुवाछुत आवश्यक छ, उनीहरुलाई त छुवाछुत मात्र होइन सामाजिक बहिष्कारै गरे पनि फरक पर्ने छैन । तर पंडित पुरोहितहरुको नाममा राजनीति गर्न खोज्नेबाट हामी सजक चाहिं हुनुपर्छ । 

    अन्त्यमा, ॐ सहनाववतु । सहनौ भुनक्तु । सहवीर्यं करवावहै । तेजस्विनावधीतमस्तुमाविद्विषावहै । भन्दै हामी सवैकौ रक्षा गर्नुहोस्, सबैको पालनपोषण गर्नुहोस्, सबैको वल समान होस्, विद्या तेजोमयीहोस् र हाम्रो मनमा कहिल्यै पनि परस्पर द्वेषको भावना नआओस् भन्ने मन्त्रलाई आत्मसात गर्ने पंडित पुरोहितहरुको सम्मान गरौं कहीकतै केहि कमीकमजोरी पक्कै होलान् त्यसलाई सुधार गर्न जरुरी पनि छ । त्यसमा हामी सवै एकै ठाउँमा रहेर भए गरेका कमीकजोरीलाई सच्याउँदै, हाम्रो सनातनीय संस्कृतिको रक्षार्थ गाउँगाउँ गएर कर्म गराउने पंडित पुरोहितहरुको उत्पादनको लागि संस्कृत शिक्षा र शिक्षालयहरुको व्यवस्थापन गर्न सहयोग गरौं एक जुट भएर अगाडि बढौ किनकी मानौ या नमानौ सनातन संस्कृति नै हो मानव जाती मात्रन भए र विश्व ब्राह्मण्डको रक्षा गर्ने यसको अन्यकुनै विकल्प नै छैन् । शास्त्र अध्ययन गरौं वा गरेकाबाट राम्रोसंग बुझौ हाम्रो समस्याको समाधान सवै त्यसमै पाउँछौ । सबैले सबैको सम्मान गरौं पितृ ऋण, देव ऋण र ऋषि ऋणबाट सवै मुक्त हुनैपर्छ जसको लागि शास्त्र अन्ययन गर्नको जरुरी हुन्छ त्यसैले पंडितको सम्मान गरौं रक्षा गरौं । जय श्री राधे ।।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij