२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

मृगौला पीडितलाई आर्थिक सहयोग गरी दिपकले मनाए जन्मदिन

सोमवार , भाद्र ७, २०७८

सैनामैना, ७ भदौ ।
सैनामैना कन्सल्टिङ इञ्जिनियरिङ एसोसिएशनका अध्यक्ष दिपक अधिकारीले आफ्नो जन्मदिन फरक ढंगले मनाएका छन् । आइतबार ३६ औँ जन्मदिनको अवसरमा अधिकारीले सैनामैना नगरपालिका–४, कुस्माका एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेका हुन् । समाजसेवी अधिकारीले दुवै मृगौलामा समस्या भई उपचाररत ६ वर्षिय बालक सुदिप थारुको उपचारका लागि ११ हजार १ सय पाँच रुपैयाँ सहयोग गरी आफनो जन्मोत्सव मनाएका हुन् ।

अधिकारीले उक्त रकम मृगौला पीडितका आमा सतकला थारुलाई हस्तान्तरण गरेका छन् । अधिकारीले जन्मदिनलाई मानव सेवासंग जोड्ने उद्देश्यले सहयोग गरेको बताउँदै गरिब जनताले उपचार गर्न नसकेर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले राज्यले स्वास्थ्य उपचारको निःशुल्क व्यवस्था गर्नुपर्ने बताए छन् । जन्मदिनमा फजुल खर्च गरी रमाईलो गर्नु भन्दा गरीब दुःखीको घाउमा मल्हम लगाउन सकियोस् भन्ने अभिप्रायले आफुले सानो सहयोग गरेको बताए ।

मृगौला पीडित बालक थारु अहिले काठमाण्डौँको पाटन अस्पतालमा उपचाररत छन् । उपचार खर्चिलो भएकाले पीडितका लागि देश तथा विदेशमा रहेकासंग सहयोगका निम्ति अपिल समेत गरेका छन् । दिपकले थप आर्थिक जुटाउन सहयोग र समन्वय गर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् । जन्मदिनको अवसरमा सहयोग गरेको भन्दै मृगौला पीडित परिवारले धन्यवाद ज्ञापन गरेका छन् । हस्तान्तरण कार्यक्रम युवा समाजसेवी गोविन्द खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

उपचारका लागि परिवारको याचना

रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ४ कुस्मा बस्ने ३६ वर्षिय सतकला थारुको ६ वर्षिय छोरा मृगौला रोगबाट पीडित छन् । विगत २ वर्ष अघि देखि मृगौला रोगले ग्रसित भएका बालक सुदिप थारुको उपचारमा आर्थिकको अभाव भएपछि परिवारले आर्थिक सहयोगको याचना गरिरहेको छ । ज्याला मजदुरी गरी दैनिकी चलाउने सो परिवारमा ब्रजपात परेपछि आफनो छोरालाई नयाँ जीवन दिन सबैसंग पीडित परिवारले अपिल गरेको छ ।मृगौला पीडितका आमा सतकलले भनिन्, ‘भएको सम्पत्ति पनि उपचारका लागि बेचियो, अब दैनिकी चलाउन पनि धौधौ भएको छ ? मेरो छोरो कासरी बचाउने होला भनेर दुःखेसो पोखिन् । छोराको उपचारका लागी अहिलेसम्म ३६ लाख खर्च भइसकेको बताइन् ।

उपचार गरे छोरा १६ वर्ष हुदाँ उक्त रोग समाधान हुने चिकित्सकले बताएको उनले बताइन् । एकपटक अस्पतालमा चेकजाँच गराउँदा एक लाखसम्म लाग्ने भन्दै यति धेरै रकम कहाँबाट जुटाउने होला भन्दै उनले बताइन् । मानवता प्रकट गरि सो इच्छाले सहयोग गर्न सवैलाई आग्रह पीडित परिवारले गरेको छ । सतकलाको परिवारमा जुन पीडा छ त्यो भोलि बिहान हाम्रो परिवारमा पनि पर्न सक्छ । त्यसैले सहयोगि भावना प्रकट गरी सक्दो सहयोगमा जुटौँ । हामीले गरेको सानो सहयोगले बालक सुदिपको जीवन जोगिन सक्छ । पीडित सतकला थारुको परिवारका लागी सहयोग गर्न कृषि विकास बैँकको खाता नम्बर ०४–१४२–००८०३८७४–०१–९ वा ९८१७५९५८९४मा सम्पर्क गर्न सक्नुहुनेछ ।