२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

माओवादीमय बन्दै सैनामैना

बिहिवार , भाद्र १०, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भदौ १० । नेकपा माओवादी केन्द्रले पछिल्लो समय आफनो सहायक तथा निकट संगठनलाई विस्तार र प्रशिक्षण कार्यक्रमलाई जोडदार तिव्रता दिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारि) सैनामैनाको नगर भेला भब्य रुपमा बुधबार सम्पन्न भएको छ । एक हजार भन्दा बढि महिलाहरुको सक्रिय उपस्थितिमा सो कार्यक्रम भएको वाईसिएल सैनामैना नगर अध्यक्ष गोविन्द खरेलले जानकारी दिए ।

    सो कार्यक्रमलाई संम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद तथा अखिल नेपाल महिला संघ(क्रान्तिकारि) केन्द्रीय उपाध्यक्ष उषा पुनले माओवादी केन्द्रलाई धोका दिएर जाने तत्वहरु कचेरा भएको आरोप लगाइएकी छन् ।अवसरवादी तत्वहरु माओवादीमा बस्न कुनै औचित्व नभएको ठोकुवा सांसद पुनले गरिन् ।

    सांसद पुनले दशवर्षे जनयुद्धबाट आर्जेको संविधान र अधिकारलाई कुनै शक्तिले कुंण्ठीत गर्न नसक्ने भन्दै यसो गरे कडा प्रतिवाद गर्ने चेतावनी दिईन् ।

    माओवादी केन्द्रले संविधानमा महिलाहरुलाई ३३ प्रतिशत अधिकार सुनिश्चित गरेको भन्दै अब ३५ प्रतिशत सम्म पुराउने लक्ष्य राखेको सांसद पुनको दाबि रहेको छ । प्रतिगामी तत्वहरुलाई परास्त गर्न महिलाहरुको एकता हुन आवश्यक रहेको पुनले औँल्याइन् । अहिले बनेको सरकारले जनपक्षिय भएर काम गर्ने विश्वास समेत ब्यक्त उनले गरिन् ।

    यस्तै,कार्यक्रममा बोल्दै नेकपामा माओवादी केन्द्र जिल्ला सचिब निर्मल जि.सीले माओवादी शक्तिहरु अब एकढिक्का भएको बताएका छन् । पार्टि र निकट संगठनहरुको बाक्लो उपस्थितीले ओली प्रतिगामी दलालहरु उदाङ्गिएको आरोप लगाए ।जि.सीले जनताको समस्या समाधान गर्दै आर्थिक क्रान्ति ल्याउँन निर्णायक भुमिका पार्टिले खेल्ने जिकिर समेत गरे ।

    कार्यक्रममा नेता रेशम रसाईली(सन्तोष),दिपा बि.क,लता घिमिरे,रिजु श्रेष्ठले बोल्दै प्रतिगामी तत्वहरुले माओवादी विरुद्धमा जनतामाझ गलत भ्रम छरेको आरोप लगाएका छन् । गलत भ्रममा नपर्न सवैलाई आग्रह गर्दै नेताहरुले अवको विकास र समृद्धिमा नेकपा माओवादी केन्द्रले निर्णायक भुमिका निर्वाह गर्ने तर्क उनीहरुले गरे ।

    नेकपा माओवादी केन्द्र रुपन्देही सचिवाल सदस्य तथा क्षेत्र न.५का सचिब भोला बस्यालले बलिदानपुर्ण ल्याएको गणतन्त्रलाई ओली प्रबृति तत्वहरुले नाश गर्न खोजेको आरोप लगाएका छन् ।देशको हितमा सधै माओवादी केन्द्रले कार्य गर्दै आएको भन्दै अबको पहिलो पार्टि माओवादी केन्द्र नै हुने दावि उनले गरे ।

    यसैगरि,नेकपा माओवादी केन्द्र सैनामैना अध्यक्ष मान बहादुर महत(नारायण)ले देश नै माओवादीमय बन्दै गएको दावि गरेका छन् ।संगठनको विकास र विस्तारमा लागी रहेको भन्दै कुनै पनि शक्तिले अव माओवादी पार्टिलाई विचलित गर्न नसक्ने ठोकुवा गरे ।

    दलित,आदिवासी जनजाती,सिमान्तकृत समुदायको अधिकारका लागी सधै लड्ने माओवादी केन्द्र पार्टि रहेको बताए ।महतले महिला मुक्तिका लागी महिलाहरु स्वय एकताबद्ध हुनुपर्ने बताउँदै राज्यको मुलधारमा महिलाहरुको सहभागिता पुरुष सरह हुनुपर्ने माग राखे ।

    कार्यक्रममा नेता दिपक भण्डारी,दिपिका शर्मा,टीका वलि,द्वर्ण जि.सि,हरिहर भट्टराई,राम प्रसाद भुसाल,रोमनाथ न्यौपान,धनिकला कुवंर लगायतको आतिथ्यता रहेको थियो ।

    उक्त भेलाले जानकी शर्माको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन गरेको छ । भेलाले अध्यक्ष र सदस्य टुङगाएको छ भने बाकि पदाधिकारी चयन भने भदौँ ११ गते गर्ने नेकपा माओवादी केन्द्र सैनामैनाले जनाएको छ ।

    सोही अवसरमा हरिताली तिजको अवसरमा शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम समेत सम्पन्न भएको छ ।कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक बिमल गैरेको सांगितिक प्रस्तुती रहेको थियो भने अन्य सास्कृतिक कार्यक्रम समेत सम्पन्न भएको हो ।

    सैनामैनाको मुर्गिया स्थित ग्लोबल पार्टी प्यालेस सैनामैना–२ रुपन्देहीमा भएको नगर भेला कमला पन्थीको अध्यक्षता,सुमित्रा पराजुलीको स्वागत तथा जानुका शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।