२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

अखिल नेपाल महिला संघ सिद्वार्थनगरमा पार्वती पौडेल 

आइतवार , भाद्र १३, २०७८

भैरहवा, १३ भदौ । 
अखिल नेपाल महिला संंघ सिद्धार्थनगर कमिटीको अध्यक्षमा पार्वती पौडेल चयन भएकी छन् । भैरहवामा सम्पन्न सिद्धार्थनगरको १० औं सम्मेलनबाट संघको अध्यक्षमा पार्वती पौडेल, उपाध्यक्षमा विजया गिरी, सचिवमा दिल कुमारी कुंवर, सह–सचिवमा सृजना जोसी, कोषाध्यक्षमा शुष्मा थापा क्षेत्री चयन भएका छन् ।

त्यस्तै नगर समिति सदस्यमा कुमारी थापा, पुष्पा थापा, गंगा पौडेल, रमा श्रेष्ठ, अनिता थापा, सावित्रा भण्डारी, गंगा घिमिरे, सविता हरिजन, खातुन, मनिकला खनाल, सविता रसाईली चयन भएका छन् । संघका नगर अध्यक्ष पार्वती पौडेलको अध्यक्षता तथा नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सचिवालय सदस्य एवं अनेमसंघ केन्द्रिय कमिटी सदस्य लक्ष्मी कोइराला (भावना) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोइरालाले नेपालका जुनसुकै परिवर्तनकारी आन्दोलनमा महिलाको मुख्य भुमिका रहेको भन्दै इतिहांसलाई आत्मसाथ गर्दै राजनीतिक वा प्रशासनिक क्षेत्रमा महिला सहभागिता बढाउनुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा आचार्य, नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सचिव विश्वराज बराल (अनुप), अनेमसंघ केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज पम्फादेवी खनाल, एमाले क्षेत्र नम्बर ३ रुपन्देहीका संयोजक हितराज पन्थी, पार्टीका सचिवालय सदस्य गंगा कार्की, नेता भरत कुमार पोखरेल, एमाले जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्य, अनेमसंघ केन्द्रिय सदस्य नेकपा एमाले जिल्ला कमिटी सदस्य उमा अधिकारी, पार्टीका नगर कमिटी सचिव चक्र बहादुर थापा लगायतले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिदै विचलित नभई पार्टीमा क्रियाशिल हुन आग्रह गरे ।  कार्यक्रमको उपस्थितिले जिल्लामा पार्टी विभाजनको कुनै असर नदेखिएको र सबै संस्थागत पक्षमै रहेको सन्देश प्रवाह गरेको एमाले नेताहरुको दावी छ ।