२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

विभाजनका पक्षमा नलाग्न एमाले महासचिवको आग्रह

मंगलवार , भाद्र १५, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौं, १५ भदौ ।
    नेकपा (एमाले) का महासचिव र्ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर ५ मा भ्रातृ संगठनका कमिटी सक्रिय हुन थालेका छन् । महासचिव पोखरेलले एमाले निकट नेपाल खेलकुद महासंघ, अखिल नेपाल महिला र युवा संघ नेपालको काठमाडौँ महानगरपालिका–५ का पदाधिकारी तथा सदस्यसँग भेटघाट गरी पार्टीलाई एकताबद्ध बनाउँदै गतिविधि सक्रिय तुल्याउन आग्रह गरे । उनले नेता माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजनमा नलागी संगठनको काममा लागेर आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए ।

    सो भेटमा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य नारायण सिलवाल, संविधानसभा सदस्य रत्ना गुरुङ, युवा संघका केन्द्रीय सदस्य प्रेम दाहाल, वडा कमिटी अध्यक्ष वीरेन्द्र प्रजापति, स्थानीय नेता गणेश श्रेष्ठ लगायतको उपस्थिति थियो । नेता सिलवालको संयोजकत्वमा पुनर्गठित जनवर्गीय संगठनको भेला आयोजना गरिएको हो । प्रदेशसभा सदस्य सिलवालले सबै किसिमका सहयोगका लागि आफू तयार रहेको बताए । रासस