२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

पहिरामा पुरिएर एकको मृत्यु, तीन घाइते

बुधवार , भाद्र १६, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • अर्घाखाँची, १६ भदौ। पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन। मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 
    प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र  अन्य तीन जना घाइते भएका थिए। घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य  रहेको जनाइको छ।