२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

१४ औं महाधिवेशनको तयारीमा कांग्रेस रुपन्देही

बुधवार , भाद्र १६, २०७८

भैरहवा,  १६ भदौ ।
नेपाली कांग्रेस रुपन्देही पार्टीको १४ औं महाधिवेशनको तयारीमा लागेको छ । पार्टीको १४ औं महाधिवेशन यही भदौ १८ गते वडा अधिवेशनसंगै सुरु हुँदैछ । अधिवेशनको तयारी, निर्वाचन निर्देशिका तथा कार्यविधिबारे कांग्रेस रुपन्देहीले बुधबार पार्टी कार्यालय भैरहमा जिल्लाका १ सय ५५ वडा सभापति, पालिका, क्षेत्रीय सभापतिहरुलाई प्रशिक्षण दिएको छ । 

रुपन्देहीमा महाधिवेशनका लागि केन्द्रिबाट खटिएका निर्वाचन अधिकृत भेषराज घिमिरेले निर्वाचन समिति अधिवेशनको लागि तयारीमा लागेको र बिहीबारसम्ममा सबै वडाहरुमा निर्वाचन अधिकृत खटाइने बताए । निर्वाचन समितिले स्थानीयस्तरमा सहकार्य गरी अधिवेशन गरिने र १८ गते सम्पन्न हुन नसकेका स्थानमा सहमतिमा अर्को दिन पनि निर्वाचन हुन सक्ने बताए । 

कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जिल्लामा सर्वसम्मत नेतृत्व चयनको लागि अधिकत प्रयत्न गरिने र वडा तहमा खटिने निर्वाचनकर्मीहरुलाइ सहयोग गर्न आग्रह गरे । उनने वडा तह बलियो भएमा पार्टी बलियो हुने हुँदा विवादरहित तवरले अधिवेशन हुनुपर्नेमा जोड  दिए ।

कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले अधिवेशन एउटा पर्व रहेको भन्दै सबैलाई सक्रि यरुपमा सहभागि हुन आग्रह गरे ।
कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले सबै तहका अधिबेशन समयमै सम्पन्न हुने भन्दै लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने र त्यसको लागि वडा तह कांग्रेसको जग भएको बताए ।