२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

विप्लव नेकपाको राजनैतिक तथा बैचारिक प्रशिक्षण सप्पन्न 

बिहिवार , भाद्र १७, २०७८

भदौ, १७ परासी । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी नवलपरासी जिल्लाको राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य भिमले नेपाली जनताको मुक्तिका लागि सबै श्रमिक जनताहरु एकजुट भएर संघर्षमा उत्रिनुपर्ने बताए।दलाल पुजीवादी संसदीय व्यवस्था विश्वमा बदनाम र असफल भएकोले अब नेपाली जनताले जनमत संग्रह मार्फत व्यवस्था चुन्न पाउनु पर्ने पनि बताए।

कार्यक्रममा सहभागीहरुलाई वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति,दलाल पुजीवादी संसदीय पार्टी असफलता बारेमा पनि प्रशिक्षित पनि गरे। केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज धुर्वले राजनीति प्रशिक्षण दिदै जनसंगठनबाटै पार्टी निर्माण हुने भएको जनबर्गिय संगठन निर्माणलाई अगाडि बढाउदै जाने बताए। संगठन सानो हुँदैमा केही हुदैन मजबुत र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता पर्छ उनले भने उपयुक्त समयमा सहि निर्णयमा ३ बुद्दे सहमति भएको बताउदै कार्यकर्तालाइ आग्रह गरे एकीकृत जनक्रान्तीको कार्यदिशालाई अगाडी बढाउदै जाने र विभिन्न किसिमका भ्रमका पछाडि नलाग्न अपिल गरे।

राजनीति संवादको सवाधानका लागि प्रगतिशील संयुक्त सरकार निर्माण गरि जनमत संग्रह गर्ने पार्टीको निर्णय हो त्यसैले व्यवस्था चुन्ने अधिकार जनता लाईनै दिनुपर्ने बताए। एमसिसिको संसक्त रुपमा स.घर्ष गर्दै जानुपर्ने पास नहुन दिन जनतामाझ भन्डाफोर गर्नुपर्ने आवहान गरे।

कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी धिरजले गरेका थिए भने कार्यक्रमको संचालन पार्टीको जिल्ला सदस्य प्रतापले गरेका थिए। कार्यक्रममा नेकपा केन्द्रिय सदस्य भिम, नवलपरासी इन्चार्ज धुर्व,नवलपुर युवा अध्यक्ष अभिनास,सहिद परिवार सदस्य लगायत पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।