
बिहिवार , भाद्र १७, २०७८
भदौँ १७ गते ।
सत्तारुढ दल नेपाली कांग्रेसमा चुनावी चहलपहल बढेको छ । पार्टीको आसन्न १४ औं महाधिवेशन नजिँकिए सँगै चुनावी सरगर्मी बढेको हो । कांग्रेसको केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार भदौं १८ गते वडाको अधिवेशन हुदैँछ ।
यसैबीच,रुपन्देहीको सैनामैना नगरपालिकामा पनि चुनावी रौँनक बढेको छ । अहिले नेपाली कांग्रेसका नेताहरु तल्लो तह सम्म नेतृत्व मिलाउन दौडधुप गरिरहेको छन भने क्षेत्रीय प्रतिनिधी संगै वडाको उम्मेद्धवारी दिनेको होडबाजी चलेको छ । नेताहरु संग लबिङ गर्ने र नेतृत्व आफनो पोल्टामा पार्न कसरत गरिरहेका छन् ।
सैनामैना नगरपालिमा ११ वटा वडा रहेका छन । भदौं १८ गते अर्थात भोली सो वडामा अधिबेशन हुदैँ छ । कस्तो नेतृत्व आउँला भन्ने चासो सर्वत्र चर्चाको विषय बनेको छ । वडा अधिबेशनको पुर्वसन्ध्यामा नेपाली कांग्रेस सैनामैना नगर समितिको बृहत भेला आज सम्पन्न भएको छ ।
कार्यक्रम कांग्रेस सैनामैना नगर सभापति राम प्रसाद अधिकारीको अध्यक्षता,कांग्रेस रुपन्देही जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा कांग्रेस जिल्ला सदस्यद्धय गोविन्द लम्साल,रामबली चौधरी,पुर्व महासमिति सदस्य गोकर्ण पौडेल,नोल शिक्षक महासंघ लुम्बिनी प्रदेशका महासचिब कृष्ण पंगेनी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै जिल्ला उपसभापति फणिन्द्र प्रसाद शमाले वडाको अधिबेशनले सक्षम नेतृत्व ल्याउने बताए । कांग्रेस जब सबल सक्षम हुदैन तब सम्म देशले विकासको अनुभुति गर्न नसक्ने तर्क शर्माले गरे ।
कार्यक्रमबारे प्रकाश पार्दै कांग्रेस सैनामैना नगर समितिका सभापति रामप्रसाद अधिकारीले वडाका नेता, कार्यकर्तालाई आवश्यक प्रशिक्षण र सहजीकरण गराउने काम भइसकेको बताए । वडामा हुने अधिवेशनका लागि सहमतिमा सर्वसम्मत् नेतृत्व चयनको लागि प्रयास भइरहेको र सहमति नभएमा प्रत्यक्ष चुनावबाट चुन्ने उनको सभापति अधिकारीको भनाई छ ।
कार्यक्रममा कांग्रेस क्षेत्रिय कोषाध्यक्ष राज बहादुर क्षेत्री,नगर सल्लाहाकार चित्र बहादुर केसी लगायतले बोलेका थिए । सैनामैनाको बाबरी पार्टि प्यालेसमा भएको कार्यक्रममा नगर सचिब टेक बहादुर रेश्मीको सञ्चालनमा रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij