२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

स्काइलार्क स्कुलद्वारा मन्टेश्वरी तालिम

वाणगंगाका विद्यालय खुल्ने नगरप्रमुखको भनाई

शुक्रवार , भाद्र १८, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • बुटवल, १८ भदौ ।
    कपिलवस्तुको वाणगंगा नगरपालिकाका नगरप्रमुख मंगल प्रसाद थारुले अब नगरका विद्यालय भौतिक रुपमै सुचारु हुने बताएका छन् । लामो समय बालबालिका विद्यालय जान नपाएकोमा अभिभावक र विद्यालयको दबाब विद्यालय खोल्नु रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खुलाउनुको विकल्प नभएको उनले बताए ।

    वडा नम्बर ११ को स्काईलार्क बोर्डिङ स्कुलले राखेको तीनदिने मन्टेश्वरी शिक्षक तालिम तथा कार्यशालाको उदघाटन गर्दै नगरप्रमुख थारुले भौतिक रुपमै नगरका विद्यालय खुलाउने तयारी भइरहेको जानकारी गराए ।

    डीसीसीएमसीको निर्देशन अनुसार नगरका शिक्षकले समुदायमा गई कोरोनाको अवस्था पहिचान गरिसकेको र विद्यालय खोल्दा ठिक हुने रिपोर्ट ल्याइसकेको हुँदा अब चाँडै विद्यालय खोलिने उनको भनाई छ ।यद्यपि विद्यालय भने सिकाइ केन्द्रको रुपमा सीमित विद्यार्थी राखेर चल्ने छन् । उनले भने ‘एकैपटक धेरै विद्यार्थी नभएर समुह वर्गिकरण गरी बालबच्चालाई राखेर अबको पठनपाठन अगाडी बढाउनुपर्छ । विद्यालयमा मास्क सेनेटाइजर अनिवार्य हुनुपर्दछ र सामाजिक दुरी पनि कायम भएको हुनुपर्ने छ । सरोकारवालासंगको पटकपटकको छलफलपछि नगर यस्तो निर्णयमा पुगेको पुगेको हो ।”

    कार्यक्रममा वडा नम्बर ११ का अवडाध्यक्ष सोमनाथ अर्यालले विद्यालय खोल्न चौतर्फी दबाब आएको बताए । पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर सिकाई केन्द्रको रुपमा विद्यालय सञ्चालन गर्न सकिने उनको धारणा छ । उनले तीन दिने कार्यशालाबाट धेरै कुरा सिकेर विद्यार्थीमाझ नयाँ ढंगले प्रस्तुत हुन शिक्षकशिक्षिकालाई आग्रह गरे ।

    विद्यालयका सल्लाहकार तथा पूर्व अध्यक्ष रवि बहादुर काफ्लेले पनि धेरै विद्यार्थी स्कुल जान चाहेको बताए । नगरले पनि विद्यालय खोल्न वातावरण बनाइरहेको सन्दर्भमा स्कुलले निकै सिर्जनात्मक कार्य गरेको भन्दै उनले प्रशंसा गरे ।

    सामुदायिक रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेले कोरोनापछिको शिक्षण पहिलाको भन्दा फरक हुनुपर्ने धारण राखे । कोरोनाको त्रासककोबीच विद्यार्थी विद्यालयमा आउने हुँदा पढाउन भन्दा पनि कोरोनाको त्रास हटाएर मात्र कक्षा सुरु गर्न उनको सुझाव छ ।

    विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले अब विद्यालय खुल्न लागेको अवस्था भएको हुँदा शिक्षकको पुनर्ताजकीको लागि तालिम आयोजना गरिएको बताए । मुख्य गरी मन्टेश्वरीमा अध्यापन गर्ने शिक्षक शिक्षकाहरुलाई कोरोनापछिको शिक्षण र मन्टेश्वरी विधि थाहा हुनपर्ने भन्दै यस्तो तालिम आयोजना गरिएको उनले बताए ।

    तालिममा गजेहडाको बालज्योति मावि र स्काइलाकर्क करिब ५० जना मन्टेश्वरी शिक्षकशिक्षिकाको सहभागिता छ । तीनदिनसम्म बुटवलकी प्रशिक्षक साधना भण्डारीले मन्टेश्वरी शिक्षण विधि, कोरोनापछि बालबालिकासंग हुने घुलमिलको तरिका, सिकाईमा शैक्षिक सामग्रीको प्रयोग र बालमैत्री मनावैज्ञानिक शिक्षणविधिको रुपमा ज्ञान दिनु रहेको बताइन् । कार्यक्रममा प्राथमिक तह संयोजक यशोदा जिसी, शिक्षक केशव पुरी लगायतले पनि बोलेका थिए ।