२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

कांग्रेस शुद्धोधन–३ को सभापतिमा पाण्डे निर्विरोध 

शनिवार , भाद्र १९, २०७८

बुटवल, १९ भदौ । 
नेपाली कांग्रेस शुद्धोधन गाउँपालिका वडा नम्बर ३ को सभापतिमा राम प्रसाद पाण्डे निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार शंकर मा.वि. बेतहिमा सम्पन्न वडा अधिवेशनले पाण्डेको नेतृत्वमा निर्विरोध रुपमा वडा कार्यसमिति चयन गरेको हो । अधिवेशनले सदस्यमा मञ्जीत यादव, बेचु प्रसाद थारु, कमला चौधरी थारु, टीका बहादुर राना, भविश्वर खनाल, निर्मला भुसाल, रिता अर्याल, गोमा खनाल र सञ्जु चापागाईलाई सर्वसम्मत निर्वाचित गरेको छ । 

त्यस्तै क्षेत्रीय प्रतिनिधि ६ जनामा ११ जना क्रियाशिल सदस्यको उम्मेदवारी परेकोमा क्रमश १२१, १०८, ९८, ९६,९२ र ९० मत सहित रमेश खनाल, टंक अधिकारी, रामजी पौड्याल, प्रजापति अधिकारी, भुपराज गैर्हे र महेन्द्र गौतम निर्वाचित भएका छन् । 

नेपाली  कांग्रेस रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का भावी सभापतिको दाबेदार रहेका सहसभापति प्रेम बहादुर फौदार ४२  मत मात्र प्राप्त गरी  वडामै पराजित भएका छन् । १३८ क्रियाशिल सदस्य रहेको उक्त वडामा जम्मा १२९ मत खसेको जानकारी मतदान अधिकृत नगेन्द्र ददुवाले दिए ।