images

आइतवार, बैशाख २३ गते २०८१

बुटवलमा कोभिडविरुद्ध सचेतना अभियान

बुटवलमा कोभिडविरुद्ध सचेतना अभियान

images
images
images
शनिवार, भाद्र १९ २०७८
शनिवार, भाद्र १९ २०७८
  • बुटवलमा कोभिडविरुद्ध सचेतना अभियान

    बुटवल, १९ भदौ ।
    बुटवलको देवीनगरस्थित विवान फार्मेसी र रोटरी क्लब अफ बुटवल चौतारीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा शनिबार अभियान सुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले मास्क वितरण गरी अभियानको उद्घाटन गर्दै कोभिड रोकथाम गर्न सचेतना अभियान नै महत्वपुर्ण भएको बताए । 

    images
    images
    images

    क्लबका अध्यक्ष सुरज क्षेत्रीले समाज परिवर्तनमा युवाहरुको अग्रता नै क्रियाशिलता जरुरी रहेको भन्दै सामाजिक संघ–संस्थाहरुबाट हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए । दिनको न्युनतम डेढ सय मास्कको दरले १० महिनासम्म गरी करिब ७२ हजार मास्क वर्षभरी वितरण गरिने उनले बताए । विवान फार्मेसीका संचालक दिपक ढकालले स्वस्थ्य क्षेत्र सेवामुलक भएको भन्दै सामाजिक उतरदायित्वमा काम गर्ने बताए ।

    देवीनगरमा सेवा सुरु गरेको विवान फार्मेसीमा बालरोग, जनरल फिजिसयन, हाडजोर्नी र आयुर्वेदिक गरी विशेषज्ञ सेवा दिइने मेडिकल अफिसर डा. एन.के. अर्यालले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij