images

आइतवार, बैशाख २३ गते २०८१

भैरहवा नमुना मा.वि.मा यथाशिघ्र व्यवस्थापन समिति गठन गर्न माग

भैरहवा नमुना मा.वि.मा यथाशिघ्र व्यवस्थापन समिति गठन गर्न माग

images
images
images
आइतवार, भाद्र २० २०७८
आइतवार, भाद्र २० २०७८
  • भैरहवा नमुना मा.वि.मा यथाशिघ्र व्यवस्थापन समिति गठन गर्न माग

    भैरहवा, २० भदौ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ स्थित भैरहवा नमुना मा.वि.मा विद्यालय व्यवस्थापन समिति गठन गर्न अभिभावक तथा विद्यार्थीहरुले माग गरेका छन् । धेरै समयदेखि विद्यालय व्यवस्थापन समितिको पदावधि समाप्त भएर पदाधिकारीविहिन अवस्थामा रहेकोेले समिति नहुँदा पठनपाठन, विकास निर्माण र सुधारका गतिविधिमा असर परिरहेको उनीहरुको गुनासो छ । 

    images
    images
    images

    आइतबार सिद्धार्थनगर नगरपालिका शिक्षा शाखामा ज्ञापनपत्र बुझाउँदै अभिभावक तथा विद्यार्थीहरुले यथाशिघ्र विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया अगाडी बढाउन माग गरेका छन् । सिद्धार्थनगर नगरपालिका र जिल्लाका अधिकांश विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भइसकेको परिस्थितिमा विद्यालयमा समिति गठन किन हुन सकेको छैन भन्ने कुरा यससंग सम्बन्धित सबैले चासो र चर्चा गर्न थालेको भैरहवा नमुना क्याम्पसका अध्यक्ष तथा भैरहवा नमुना मा.वि. व्यवस्थापन समितिका पूर्वअध्यक्ष आनन्द प्रसाद गुप्ताले बताए । विद्यार्थी तथा शिक्षकहरुले उक्त माग गर्दै शिक्षा अधिकृत जाह्नवी पाण्डेलाई ज्ञापनपत्र बुझाएका छन् ।

    यता विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डेले कोभिड–१९ को कारण विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा केही ढिलाइ भएको बताए । उनले केही दिनभित्रै अभिभावक भेला बोलाएर समिति गठन प्रक्रिया अगाडी बढाउने जानकारी दिए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij