images

आइतवार, बैशाख २३ गते २०८१

शुद्धोधनमा क्यान्सर सचेतना र पौष्टिक आहार वितरण

शुद्धोधनमा क्यान्सर सचेतना र पौष्टिक आहार वितरण

images
images
images
आइतवार, भाद्र २० २०७८
आइतवार, भाद्र २० २०७८
  • शुद्धोधनमा क्यान्सर सचेतना र पौष्टिक आहार वितरण

    बुटवल, २० भदौ । 
    रुपन्देहीको शुद्धोधन गाउंपालिकाको खड्गवनगाईमा बालबालिकामा हुन सक्ने क्यान्सर रोगसम्बन्धी सचेतना र पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल पारिजातको आयोजना तथा लायन्स क्लब अफ बुटवल देउराली र लायन्स क्लब अफ बुटवल कालिकाको सह–आयोजनामा भएको कार्यक्रममा ७० जना बालबालिकाको स्वास्थ्य परीक्षण गरी परामर्श दिइएको छ । साथै विपन्न वर्गका बालबालिकालाई पौष्टिक आहार पनि वितरण गरिएको छ । 

    images
    images
    images

    कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ नेपालका पूर्व गभर्नर महेन्द्रनारायण श्रेष्ठ, शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्ता देवी ज्ञवाली, वडा नम्बर २ का अध्यक्ष विष्णुप्रसाद बस्याल, लायन्स क्लबका डिष्ट्रिक्ट चिफ एड्भाइजर उमंग देवकोटा, लायन्स क्लब अफ बुटवल देउरालीका अध्यक्ष ज्ञानप्रसाद पौडेलले सामाजिक सेवा र स्वास्थ्य क्षेत्रमा लायन्स क्लबहरुले योगदान गरेको भन्दै यसबाट लाभ लिनुपर्ने धारणा गरेका थिए । लायन्स क्लब अफ बुटवल पारिजातकी अध्यक्ष मधुकला कुंवरको अध्यक्षता, रिता भट्टराईको सञ्चालन, कल्पना बस्नेत थापाको स्वागत र लायन्स क्लब अफ बुटवल देउरालीका प्रथम उपाध्यक्ष रमेश पान्डेको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij