images
images

शनिवार, जेठ ५ गते २०८१

बाँसगढीमा निःशुल्क आखा शिविर, ५१ जनामा मोतिबिन्दु देखियो 

बाँसगढीमा निःशुल्क आखा शिविर, ५१ जनामा मोतिबिन्दु देखियो 

images
images
images
सोमवार, भाद्र २१ २०७८
सोमवार, भाद्र २१ २०७८
  • बाँसगढीमा निःशुल्क आखा शिविर, ५१ जनामा मोतिबिन्दु देखियो 

    बुटवल, २१ भदौ ।
    चौधरी फाउण्डेशनको आयोजनामा फत्तेवाल आँखा अस्पताल बाँकेको सहकार्य र बाँसगढी नगरपालिकाको समन्वयमा आइतबार एकदिने वृहत निःशुल्क आखा शिविर सम्पन्न भएको छ । वडा नम्बर ५ स्थित मोतिपुर स्वास्थ्य चौकीमा गरिएको कार्यक्रमको बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिक राम अधिकारीले शिविरको उदघाटन गर्दै व्यवसायिक हितसंगै सामाजिक कार्यमा चौधरी घराना अगाडी रहेको बताए । चौधरी गू्रपका प्रदेश प्रशासक देवराज ढुंगानाले शिविरमा ३ सय २२ जना आँखाका बिरामीले सेवा लिएको बताए । आँखा परीक्षण गराएकामध्ये ५१ जनामा मोतिबिन्दु देखिएकाले बिरामीहरुलाई आँखाको थप उपचारका लागि फत्तेवाल आँखा अस्पताल बाँकेमा रिफर गरिएको उनले बताए । 

    कार्यक्रममा मोतिपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत बल बहादुर चौधरी, बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम देवकोटा, स्वास्थ्य शाखा प्रमुख गिता घिमिरे, इलाका प्रहरी प्रमुख विरेन्द्र सिह थापा, चौधरी ग्रुप फुड इण्डष्ट्रिज बर्दियाका प्रशासन प्रमुख लिला श्रेष्ठले मानव स्वास्थ्य सबैभन्दा ठुलो धन भएको भन्दै रोग लाग्नु भन्दा पहिले नै यसबाट बच्नु र सावधानी अप्नाउनुपर्ने बताए । यसअघि फाउण्डेशनले कोभिड रोकथामका लागि अक्सिजन मेशिन समेत उपलब्ध गराएको थियो । 

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij