images

मंगलवार, बैशाख २५ गते २०८१

एक हजार ८९७ मा सङ्क्रमण, २० जनाको निधन

एक हजार ८९७ मा सङ्क्रमण, २० जनाको निधन

images
images
images
सोमवार, भाद्र २१ २०७८
सोमवार, भाद्र २१ २०७८
  • एक हजार ८९७ मा सङ्क्रमण, २० जनाको निधन

    काठमाडौँ, २१ भदौ । कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक  हजार ८९७  जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १५ हजार ९७९ जनामा परीक्षण गर्दा एक  हजार ८९७  जनामा सङ्क्रमण देखिएको हो । 

    सक्रिय सङ्क्रमित ३० हजार ९७३ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ रहेका छन् । यस्तै आज एक हजार ७४३ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म सात लाख २८ हजार ९२८ सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४।६ प्रतिशत रहेको छ । 

    यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ८५८ जनाको  ज्यान गएको छ । नेपालमा प्रति दस लाखमा ३६६ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । 

    यस्तै ५१२ जना सघन उपचार कक्ष ९आइसीयु०, एक सय ६३ भेन्टिलेटर, २८ हजार ९११ जना होम आइसोलेशन, दुई हजार ६२ संस्थागत आइसोलेशन र २६० जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा १९ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला रहेका छन् । नेपालमा सक्रमणको दर १९.५ प्रतिशत रहेको छ । 

    आज एक लाख सात हजार २७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ५५ लाख ७३ हजार ४१९ पहिलो मात्रा खोप र ४९ लाख ६२ हजार ७५९ पूर्ण मात्राको खोप लगाएका सकेका छन् । रासस

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij