२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

बुटवल–४ मा जसपाको वडा कमिटी गठन

मंगलवार , भाद्र २२, २०७८

बुटवल, २२ भदौ । 
जनता समाजवादी पार्टी, नेपाल (जसपा) को बुटवल उपमहानगरपालिका वडा नम्बर ४ को भेलाले वडा कमिटी गठन गरेको छ । भेलाले इन्द्र बहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा कमल बुढामगर र गोपाल मगर, सचिवमा मुना गुरुङ, सह–सचिवमा ढाका पुन र कोषाध्यक्षमा बसन्त थापा मगर चयन भएका छन् । यस्तै सदस्यहरुमा सरोज पौडेल, सूर्य पुन, मकर खान, दीपक थापा ,तेजबहादुर राना, चमेली बुढाथोकी र राजेश बलामी मगर रहेका छन् ।

भेलामा  जसपा लुम्बिनी प्रदेश सह–इञ्चार्ज कमल खनाल र नवीन सुनुवार, प्रदेश अध्यक्ष अशोक यादव, युवा नेता नारायण नागिला, नगर अध्यक्ष वामदेव भुसाल, नगर सचिव तेजु राना लगायतले बोल्दै पार्टीको संगठन वडा तहसम्म विस्तार गरी आगामी निर्वाचनमा निर्णायक शक्ति बनाउन जुट्नुपर्नेमा जोड दिएका थिए ।