
मंगलवार , भाद्र २२, २०७८
काठमाडैँ, २२ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको सङ्घीय संसद् बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश र बजेटलगायत विषयमा छलफल हुने पार्टीका सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा यही भदौ २३ गते अपरान्ह ४ बजे सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij