
सोमवार , आश्विन ५, २०७७
भैरहवा । बिगत ६ महिना देखि बन्द रहेको बुद्ध यएरले आजबाट आन्तरिक उडान सुरु गरेको छ । कोरोना भाईरसका कारण गत चैत्र देखि बन्द रहेको बुद्ध यएरको नियमित उडान आजबाट सुरु भएको हो । बुद्ध यएरले आजदेखि देशभर नियमित उडान सुरु गरेको जनाएको छ ।
आन्तरिक उडान सुरु भएपछि बुद्ध यएरले आजदेखि काठमाण्डौ भैरहवा काठमाण्डौ पनि उडान भरेको छ । बुद्ध यएरले भैरहवा देखि काठमाण्डौका लागि केहि समयका दैनिक दुईवटा जहाज चलाउने जनाएको छ ।
बुद्ध यएरले बिहान १० बजेर २० मिनेटमा र साझ ४ बजेर ५० मिनेटमा गरी दुई बटा उडान सुरु गरेको बुद्ध यएर भैरहवाका प्रमुख दर्शन घिमिरेले जानकारी दिए ।
७२ सिटर एटिआर जहाज चलाएको बुद्धको पहिलो जहाजमा काठमाण्डौबाट भैरहवा आउदा र भैरहवाबाट काठमाण्डौ जाँदा जहाजमा यात्रुहरु भरिभराउ थिए ।
सरकारले तोकेको मापदण्ड पुरा गरेर यात्रु ल्याएको बुद्ध यएरले जनाएको छ । अहिले जहाजको एक तर्फी भाडा २६ सय रुपैयाबाट शुरु रहेको प्रमुख घिमिरेले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij