बुधवार , भाद्र २३, २०७८
भैरहवा। नेपाली कांग्रेसका सिद्धार्थनगर सचिव संजिव शर्मा रेग्मीले नगर सभापतिमा उम्मेदवारी दिने जनाएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसंगै नेताहरुले उम्मेदवारी घोषणा गर्न शुरु गरेका छन्।
महाधिबेशनको पहिलो पाईला वडा तहबाट नेतृत्व चयन भईसकेको छ। वडा अबिधेशनबाट क्षेत्रीय प्रतिनिधि चयन भएका छन। अब वडाबाट नगर तर्फ अधिवेशन उन्मुख छ। यही २७ गते हुन लागेको नगरको निर्वाचनमा सिद्धार्थनगरको सभापति पदमा उम्मेदवारी दिने गरी आफु अगाडि बढेको सभापतिका दावेदार रेग्मीले उल्लेख गरे।
२०४५ सालदखि नेविसंघको राजनीतिमा लागेका रेग्मी बिद्यार्थी कालमा नेविसंघको तर्फबाट भैरहवा बहुमुखि क्याम्पसमा ईकाई सचिव, भैरहवा बहुमुखि क्याम्पस को स्ववीयु सहसचिव हुदै पार्टिमा संक्रिय राजनीतिमा लागेका छन्। २०४८ सालदेखि काग्रेसको क्रियाशिल सदस्य भई अगाडि बढेका रेग्मी वडा सदस्य, दुई कार्यकाल वडा सचिव, नगर कोषाध्यक्ष, नगर सचिवमा काम गरेको अनुभव रहेको रेगमीले जानकारी दिए।
कुशल राजनीतिक व्यक्तिको छवि बनाएका रेग्मीले पार्टिको सिद्धार्थनगर सभापति पदमा निर्वाचित भए पार्टिलाई सांगठनिक रुपमा बलियो बनाउन, पार्टिलाई एक ढिक्का बनाउन लागिपर्ने बताए।
उनल आफु पार्टि सभापति बनेपछि अन्य कुनै पनि जनप्रतिनिधी पदमा नलड्ने बताउदै स्थानिय तहको निर्वाचनमा काग्रेसका आधिकारिक उम्मेदवारलाई जिताएर छाड्ने दावी गरे।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
