२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

नेपाली कांग्रेस वडा सभापतिहरुलाई सम्मान

बिहिवार , भाद्र २४, २०७८

भैरहवा, २४ भदौ ।
१४ औ महाधिवेशन अन्तरगत रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निर्वाचित नेपाली कांग्रेसका वडा सभापतिहरुलाई सम्मान गरिएको छ । १३ वटा वडामध्ये ११ मा सर्वसम्मत र २ वटामा निर्वाचनमार्फत नेतृत्व चयन भएको थियो । वडा कमिटी कांग्रेसको मुख्य जग भएको र वडामा नेतृत्व गर्नेलाई हौसला प्रदान गर्ने उद्देश्यले पहिलो पटक वडा सभापति र सहज रुपमा नेतृत्व हस्तान्तरण गर्ने निवर्तमान सभापतिहरुलाई एकै पटक सम्मान गरिएको हो ।

१४ औं महाधिवेशनमा नगर सभापतिका प्रत्यासी कोशिस बहादुर खड्काको अगुवाइमा भएको कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले १४ औ महाधिवेशन एकताको महाधिवेशन भएको भन्दै निर्वाचित र निवर्तमान सभापतिहरुलाई सम्मान गर्नु पनि एकताको सन्देश भएको बताए । गुट उपगुटले कांग्रेसलाई  कमजोर बनाउने भन्दै उनले भैरहवामा यस किसिमले गरेको सम्मान एउटा उदाहरणीय भएको र यस्ता कार्यक्रमले कांग्रेसलाई एकढिक्का बनाउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा संविधानसभा सदस्य इस्तियाक अहमद खान, जैतुन निसा, कांग्रेस नेताहरु सुरेन्द्रजंग थापा, रामकिसन वि.क, देवी प्रसाद चौधरी, महेन्द्र कुमार श्रेष्ठ, शुशिल गुरुङ सुदर्शन नेपाल, लेखनाथ भट्टराई, यम बहादुर राना लगायतको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै नगर सभापतिका दावेदार लेखनाथ भट्टराई र यम बहादुर राना (माइलाले) आफूहरुले उम्मेदवारी नदिने घोषणा गर्दै कोशिष बहादुर खड्कालाई समर्थन गरेका थिए ।