images

मंगलवार, बैशाख २५ गते २०८१

उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान

उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान

images
images
images
बिहिवार, भाद्र २४ २०७८
बिहिवार, भाद्र २४ २०७८
  • उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान

    नवलपरासी, २४ भदौ ।
    अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका शिक्षा शाखाले उत्कृष्ट शिक्षक र विद्यालयलाई एक कार्यक्रमकाबीच सम्मान गरेको छ । शिक्षा शाखाले गाउँपालिका अन्तर्गतका सामुदायिक विध्यालयहरुलाइ गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने एक दर्जन विध्यालयका विषयगत शिक्षकहरुलाइ कदरपत्रसहित सम्मान गरिएको शिक्षा शाखा प्रमुख भुपराज पाण्डेले जानकारी दिए ।

    images
    images
    images

    कोभिड–१९ को प्रकोपको बावजुद पनि गत वर्षको आन्तरिक मुल्यांकन र सिकाइ उपलब्धिको आधारमा कदरपत्रसहित शिक्षकहरुलाई सम्मान गरिएको थियो । 

    गाउँपालिका अन्तर्गत मावितर्फ भानुदय नमुना दुम्कीवास, आधारभूततर्फ अहिन्सावादी आधारभूत विद्यालय (आवि) दाउन्ने, आधारभूत तर्फकै जनक आवि, घुसेरी विध्यालय सम्मान भएका हुन् । 

    त्यसै गरी उत्कृष्ट प्रधानाध्यापकहरुमा बलराम सुवेदी, दिनेश कुमार पाण्डे, राजु जिसी, गिता हमाल र उत्कृष्ट विषय शिक्षकहरुमा गणेश प्रसाद भुसाल, वसन्त चापागाईं, काशीराम भुसाल, भिमलाल भट्टराई  लगायत एक दर्जन शिक्षकहरुलाई सम्मान गरिएको श्रोतव्यक्ति टंक ढकालले बताए ।

    सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्मर बहादुर जिसीले असहज परिस्थितिमा पनि गुरुवर्गलाइ सम्मान गर्न पाउँदा सम्पूर्ण शिक्षकहरुको शिर ठाडो भएको बताउदै यो कार्यक्रमबाट सबैमा थप उर्जा शक्ति बढेको बताए । सो अवसरमा शिक्षा शाखाको कर्मचारी, गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको शिक्षा शाखाको प्राविधिक अमर न्यौपानेले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij