
बिहिवार , भाद्र २४, २०७८
काठमाडौं, २४ भदौ ।
नेकपा (एमाले) ले शुक्रबार स्थायी कमिटी बैठक बोलाएको छ ।
ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुनेछ । यही असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij