
शनिवार , भाद्र २६, २०७८
भैरहवा, २६ भदौ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मूल इकाई समितिको इकाई भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले मनिष ढकालको अध्यक्षतामा नयाँ इकाई समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा विमल गौतम, सचिवमा विनोद घिमिरे, कोषाध्यक्षमा प्रभाकर यादव र सह–सचिवमा जुनु खड्का रहेका छन् ।
त्यस्तै सदस्यहरुमा वर्ष डुम्रे, आशिका भट्टराई, सुवास आले मगर, खुस्बु खान, आसिका श्रेष्ठ, सरु कुवर, मन्जु कुवर, विनिता अधिकारी, अशोक सेन, अनिता श्रीपाली, श्याम क्षेत्री, सर्वेस चौधरी, गोपाल थारु र सुभास हरिजन रहेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij