images

बुधवार, बैशाख १२ गते २०८१

सामाजिकीकरण नै दीगो विकास लक्ष्यको कार्यदिशा

सामाजिकीकरण नै दीगो विकास लक्ष्यको कार्यदिशा

images
images
images
शनिवार, भाद्र २६ २०७८
शनिवार, भाद्र २६ २०७८
  • सामाजिकीकरण नै दीगो विकास लक्ष्यको कार्यदिशा

    कुनै पनि ठाउँ वा स्थानको वातावरणीय परिवेशमा भइराखेको सकारात्मक बदलाव वा फरकपना नै सामाजिकीकरणको शाब्दिक अर्थ हुन आउँछ। समाजमा भइराख्ने निरन्तर परिवर्तन नै सामाजिकीकरणको अर्को महत्वपूर्ण पक्ष हो। समाज स्थापना भइसकेको धेरै नै समय बितिसक्दा पनि हामीहरुको चिन्तन् तथा मनन् सामाजिक कुरिति तथा परम्पराले जहाँको त्यहि नै तुल्याइदिएको छ। मानिसको बदलाव नै सकारात्मक संवाहक हो जुन विकास कार्यमा लगनशीलता प्रदान गरिदिन्छ। 

    images

    तर, अहिले हामी सबैले दिगो विकास लक्ष्य ९क्गकतबष्लबदिभ म्भखभयिऊभलत न्यबकि० को बारेमा धैरैले सुनेका छौं। जस अन्र्तगत यहि २०३० साल सम्ममा मानिसलाई चाहिने आधारभूत आवश्यकता पूर्ति गर्न विश्व नै  लागि परेको अवस्था छ। अर्थात कुनै पनि देशमा खाद्यान्न, शिक्षा, रोजगार, स्वास्थ्य र सूचनावाट कोही पनि उन्मुख नहोस् भनी ठूलाठूला देशहरु मिलि एउटा अभियानमा लागेका छन्। जसलाई छोटकरीमा क्म्न्क भनिन्छ। विश्वका थुप्रै देशहरु विकासको क्षेत्रमा छक्का हानिसकेका भए पनि हाम्रो देश विभिन्न वहानावाजीमा जहाँको त्यहि नै भएको अर्थात वामे सर्दै आएको छ। भनाईको तात्पर्य विश्वकै परिवेश हेरेर भएपनि हामी पनि आफनो सद्बुद्धिले नभएपनि देखासिखी गरेर भएपनि विकासको पूर्वाधार तथा समग्र मुलधारमा आउनु पर्छ।

    यसको लागि त सरकारले आवश्यक पहल चालेर देशलाई सुमार्गतिर लैजाने चेष्टा गर्नु पर्दछ। तर विडम्वना वर्षौ बित्न लाग्दा पनि विकासको पथ नफुटनु र मूलधारमा आउन नसक्नु लाजमर्दो कुरा हो। सोच्दा नै मति मर्न आउछ, हामी जबसम्म कुनै पनि क्षेत्रमा एकिकृत हुदैनौ तबसम्म कुनै पनि बदलाव आउन सक्दैन। भनिन्छ, सबै भन्दा ठूलो तत्व भनेको प्रकृति हो, तर हामी त भए गरेको प्रकृतिलाई पनि निमिट्यान्ट पारिरहेका छौ। जसले गर्दा प्रकृति पनि हामीसंग टाढिएको छ। र, विभिन्न वहानावाजीमा हामीले पुरुषार्थ देखाउदै छौ। वातावरण विनाशले सिर्जित समस्याका कारण पनि अहिले सम्पुर्ण विश्व नै कोरोनाको महामारीवाट ग्रसित हुदै आएको छ। 

    सन्दर्भ जे जसो भएतापनि अहिले विश्वको परिवेश अनुसार हाम्रो देश पनि विकासको मूलधारमा आउनुपर्छ। र, जुन क्म्न्क को मूल आशय हो। त्यसलाई पुरा गर्न सकारात्मक पहल हामी सबैले पह्ल्यिाइ हाम्रो देशलाई पनि विश्वको अग्रपतिmमा ल्याउनु पर्दछ। देश चिनिए त्यहाँका मानिस पनि सजिलै चिनिन्छन् भनिन्छ। तर कतिपय यस्ता देश छन  जहां जादाँ हामी नेपाली भएको भन्ने कुरा सुनाउदा नेपाल पनि छ भन्ने कुरा सुन्दा अचम्म मान्ने गर्दछन।

    विकास भन्ने चीज कसैले गरिदिएर होइन त्यसको लागि त आफै नै लगनशील र एकढिक्का भएर लाग्नुपर्छ। अनि मात्र देशले लिएको लक्ष्य र पाउने पर्ने गन्तव्य पुरा गर्न सकिन्छ। अर्थात समाज विनाको कुनै पनि देश वा व्यवश्था टिक्न सक्दैन, जुन संगठनको ठूलो जमात पनि हो। त्यसैले समाजमा नै हुनुपर्ने विभिन्न सकारात्मक परिवर्तनहरु ल्याई हामी नेपाली सभ्य भएर मिलिजुली भई बस्नुपर्दछ जस्तो मलाई लाग्दछ। व्यतिmगत स्वार्थ भन्दा एक तह माथि उठी देश विकासमा होमिनु जरुरी छ। र अन्त्यमा हाम्रा देश् हाक्ने वीडा उठाएका नेताहरुको मानसपटलमा दिव्यको ज्योति बाल्नमा सरस्वती माताले सद्बुद्धि दिऊन भन्ने कामना गर्दछु। 




    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij