२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

बुटवलमा एकदिने निःशुल्क स्वास्थ्य शिविर 

आइतवार , भाद्र २७, २०७८

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • बुटवल, २७ भदौ ।
    विवान फार्मेसी बुटवल र रोटरी क्लब अफ बुटवल चौतारीको संयुक्त आयोजनामा बुटवलमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सम्पन्न शिविरमा २ सय बढी बिरामीले लाभ लिएको फार्मेसीका प्रबन्ध निर्देशक दीपक ढकालले बताए । कोरोना महामारीकाबीच अस्पताल गई स्वास्थ्य जाँच गराउन डराएका मानिसले नजिकैको स्वास्थ्य संस्थामा निःशुल्क रुमा जाँच गराई स्वास्थ्य लाभ गर्न सकुन् भन्ने उद्देश्यले कार्यक्रम गरिएको उनले बताए ।

    शिविरमा मधुमेह, उच्च रक्तचाप जाँचसंगै मिर्गौला, बालबालिका तथा रुघाखोकी र ज्वरोका बिरामीका लागि चिकित्सककै सहभागितामा निःशुल्क औषधी समेत वितरण गरिएको  रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष सुरज क्षेत्रीले बताए । उनले सामाजिक कार्यमा अग्रसर रहेको आफ्नो संस्थाले यसअघि मास्क अभियान सुरु गरी अहिले पनि निरन्तर मास्क वितरण गरिरहेको जनाए ।

    शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. नरेन्द्र प्रसाद यादव, देवदह मेडिकल कलेजका एमएस अर्थोपेडिक डा. सुन्दर कार्की, आयुर्वेद विशेषज्ञ डा. डि. के धिताल, दन्त रोग विशेषज्ञ डा. सुशिल पोख्रेल, मेडिकल अफिसरहरु डा. एन के अर्याल, डा. रविन्द्र अग्रहरी, डा. रोहित श्रेष्ठ, डा. रिसब सुवेदी लगायतले बिरामीको परिक्षण गरेका थिए । साथै औषधीको उचित प्रयोग र परामर्शबारे फार्मासिस्ट सुभेन्द्र प्रसाद यादवसहितको समूहले सहजीकरण गरेको थियो ।