सोमवार , भाद्र २८, २०७८
बुटवल, २८ भदौ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको प्रतिनिधिसभा क्षेत्र नम्बर २ ‘ख’ स्याङ्जाको प्रदेश महाधिवेशन प्रतिनिधिका लागि अमृत पाण्डेयले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
विगत लामो समयदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ) मा रही सक्रिय विद्यार्थी नेताको भूमिका निर्वाह गरिरहेका पाण्डेय बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको ईकाइ सचिव हुँदै नेविसंघको विभिन्न तहमा रही काम गरेका अनुभव संगालेका छन् । पाण्डेय नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद समेत हुन् । त्यस्तै, १३ औं महाधिवेशनमा साविक आलमदेवी गाविसबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका उनी यसपटक कालीगण्डकी २ बाट क्षेत्रीय प्रतिनिधि बनेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij