२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

प्रतिमान–नीमा प्रतिष्ठानद्वारा प्रदेश २ सरकारलाई एककरोडको स्वास्थ्य सामाग्री प्रदान

मंगलवार , भाद्र २९, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, २८ भदौ । 
    भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले प्रदेश २ सरकारलाई करिब एककरोड बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रतिष्ठानले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि प्रदेश २ सरकारलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । अमेरिकी गैरसरकारी संस्था प्रोजेक्ट होपको सहयोगमा प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले उक्त सामग्रीहरु सोमबार मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेकी हुन् ।

    हस्तान्तरण गरिएका सामग्रीहरुमा गाउन २ हजार ४०० थान, फेस शिल्ड २ हजार ३ सय ३२ थान, मास्क ८ हजार ४ सय थान, एन ९५ डिस्पोजेबल मास्क १ हजार ८ सय थान, डिजिटल थर्मोमिटर २० थान, प्रोटेक्टीभ फेस शिल्ड १ हजार ८ सय ९० थान, पीपीई (मिडियम) २७६, पीपीई (लार्ज) २७६, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स एक लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५ हजार ३ सय ६० थान रहेको छ ।

    हस्तान्तरण कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव हरि प्रसाद मैनाली, स्वास्थ्य आपूर्ति निर्देशक डा. प्रमोद यादव, प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी. लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा कोरोना महामारीको रोकथामका लागि स्वास्थ्य सामग्री प्रदान गरेर प्रदेश सरकारलाई सहयोग गरेको भन्दै मुख्यमन्त्री लालबाबु राउतले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानलाई कदर-पत्र प्रदान गरेका थिए । 

    241824049_835561687157268_1831928338005760167_n.jpg