
मंगलवार , भाद्र २९, २०७८
बुटवल । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि बुधबार बुटवल आउने भएपछी भोलि १ बजे बस्ने प्रदेशसभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई फकाउन लुम्बिनी प्रदेशसभाको भोलिका लागि बोलाईएको बैठक स्थगित गरिएको हो ।
एमालेले भदौ १ गतेदेखि नै सदन अवरुद्ध तथा बहिष्कार गर्दै आएका कारण सत्ता गठबन्धनलाई कार्यसूचि अगाडि बढाउन समस्या पर्दै आएको समयमा बुधबारका लागि बोलाइएको प्रदेशसभा एमालेको रुपन्देहि अगुवा कार्यकर्ता भेलामा अध्यक्ष केपी ओली आउने भएपछि स्थगित गरिएको हो।
प्रदेश सभाको बैठक भदौ ३१ गते बिहिबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयले सूचना जारी गरेर जनाएको छ ।
सुचनामा भनिएको छ "भाद्र ३० गते बुधबार दिनको १ बजे बस्ने गरी पूर्व सूचना अनुसार निर्धारित नवौं अधिवेशनको पाँचौं बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०७८ साल भाद्र ३१ गते बिहिबार दिनको १ः०० बजे बस्ने गरी तय भएको व्यहोरा प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीको लागि अनुरोध छ। "
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij